फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । आयल निगम नाफामा गएको हवाला दिँदै केही मूल्य घटाएको आयल निगमले पुनः पेट्रोलियम पदार्थमा भरी मुल्य बृद्धि गरेको छ । तर घाटा व्यहोरिरहेको भनिएको खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएको छ ।
निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको प्रतिलिटर ९ रुपैयाँ, डिजेल तथा मट्टितेलको ७ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।
१६ साउन २०८०, मङ्गलबार ११:५८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो