धार्मिक सद्भाव कायम राख्न विराटनगरमा आज बृहत् ¥याली हुने

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर  । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवादपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै मोरङमा सर्वपक्षीय सद्भाव बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न साउन १५ गते विराटनगरमा बृहत् सद्भाव ¥याली आयोजना गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलको आह्वानमा बसेको बैठकले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको प्रभावकारी उपचारका लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ ।
बैठकले घटनालाई लिएर मोरङमा कुनै पनि प्रकारको धार्मिक, जातीय वा साम्प्रदायिक तनाव फैलिन नदिन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने सहमति जनाएको छ । सामाजिक सद्भाव कायम राख्न प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारमाध्यम, व्यवसायी, युवा तथा सर्वसाधारणबीच समन्वयलाई थप सुदृढ बनाइने निर्णय गरिएको छ ।
निर्णयअनुसार साउन १५ गते दिउँसो ३ बजे विराटनगरको महेन्द्र चोकबाट बृहत् सद्भाव ¥याली सुरु हुनेछ । ¥याली ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको डाँफे चोकमा पुगेर समापन हुनेछ । ¥यालीमा सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक संस्था, नागरिक समाज, व्यवसायी, युवा र आम नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ ।
बैठकले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने तथा हिंसा भड्काउने अभिव्यक्ति वा भ्रमपूर्ण सामग्री प्रकाशन तथा शेयर नगर्न सबैसँग आग्रह गरेको छ । यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पु¥याउन सक्ने भएकाले जिम्मेवार बन्न सबै पक्षलाई अनुरोध गरिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया