भोजपुर सेवा समाज कतार बृहत कार्यक्रम सम्पन्न

फाष्ट मिडिया नेपाल संवाददाता

:— दिलिप पराजुली —:

कतार । कतारमा रहेका भोजपुरेहरु एकत्रित हुन थालको १३ वर्ष पुगेछ । यो १३ वर्षको अभियानमा देश र परदेशमा धेरै दुःखी र पीडितहरुको उद्दार गरेको भोजपुर सेवा समाज (भोसेस) कतार ले चौथो कार्यकालको सुरुआत गरिसकेको छ । जन्मसँग सम्बन्ध स्थापित भएका भोजपुरेहरु भोजपुरमा नरहे पनि भोसेसमा जोडिएर भोजपुरप्रतिको आगाध प्रेम दर्शाईरहेका छन् । सामाजिक व्यक्तित्व जयकुमार राई, गोपाल बस्नेत, गोविन्द कटुवाल हुँदै महेन्द्र कार्कीले नेतृत्व लिएर संस्थाका गतिविधि अगाडि बढिरहेका छन् । कतारमा पीडामा परेका भोजपुरबासीको हितमा र जिल्लालाई पीडा पर्दा होस्टेमा हैंसेंका लागि उक्त संस्थाले धेरै सामाजिक अभियानमा जोडिएर काम गर्दै आएको छ । संस्थागत, सामूहिक रुपमा विभिन्न संघसंस्थासँग हातेमालो गर्दै सामाजिक अभियानमा भोसेसलाई अब्बल रुपमा उभ्याउन सफल भएको छ ।


सन २०१३ कतारको जैदाको चौरीमा बसेर कोरिएको भोजपुर सेवा समाज कतारको सामाजिक गोरेटोको आधारमा अहिले १३ औं वर्ष प्रवेश गर्दैगर्दा कतारको सनैयास्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा एक बृहत कार्यक्रम सम्पन्न भएको छ । ‘आन्तरिक भेटघाट तथा परिचयात्मक सहित प्रशिक्षण’ नाम दिइएको सो कार्यक्रम संस्थाका अध्यक्ष महेन्द्र कार्कीको अध्यक्षतामा आयोजना गरिएको थियो । संस्थाका सल्लाहकार संयोजक गोविन्द कटुवालको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विशिष्ट सल्लाहकार तथा संस्थापक चिरञ्जीवि तिम्सिना (प्रशिक्षण कार्यक्रमका प्रशिक्षक), कार्यक्रम संयोजक गुणराज कटुवाल, सल्लाहकार दिलिप पराजुली (प्रशिक्षण कार्यक्रमका प्रशिक्षक), तेज कटुवाल (प्रशिक्षण कार्यक्रमका प्रशिक्षक), पत्रकार महासंघ अर्जुन पौडेल (प्रशिक्षण कार्यक्रमका प्रशिक्षक), सल्लाहकार गोपाल बस्नेत, टिका कार्की, संखुवासभा सेवा समाजका अध्यक्ष राजेन्द्र खनाललगायतको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा १५० बढीको उपस्थिति रहेको कार्यक्रममा संस्थामा आवद्ध सदस्यहरुको दक्षता अभिवृद्धि सहित व्यक्तित्व विकासका निम्ति प्रोजेक्टरमार्फत प्रशिक्षकले प्रशिक्षण गराएका थिए । 

पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो कार्यक्रममा कार्यक्रम संयोजक कटुवालले स्वागत मन्तव्य राखेका थिए । उनले सो कार्यक्रम सफलताका विभिन्न कोणबाट साथ र सहयोग प्रदान गर्ने व्यक्तिलाई धन्यवाद समेत व्यक्त गरे । 

कार्यक्रमलाई थप रोचक र रोमाञ्चक बनाउन बीचबीचमा सांगीतिक माहोल बनाइएको थियो । रोचक पक्ष के छ भने कतारमा पनि नेपाली मौलिक पञ्चेबाजाको व्यवस्थापन मिलाइएको छ । सोही पञ्चेबाजाको धुनमा नृत्यसहित मनोरञ्जन प्रदान गरिएको थियो । सो पञ्चेबाजा संखुवासभा सेवा समाजले उपलब्ध गराएको थियो । 

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कार्कीले उक्त कार्यक्रम सफल बनाउन अहोरात्र खटिने संस्थाका पदाधिकारी, सल्लाहकारलगायत कार्यक्रममा साथ सहयोग गर्ने महानुभावहरुसहित उपस्थित सबैलाई धन्यवाद दिएका थिए । 

सो कार्यक्रममा अध्यक्ष कार्कीले पञ्चेबाजा उपलब्ध गराउने संस्था, पञ्चेबाजा समूहका कलाकार सुश्री गायिका गुना मगर, सुश्री ईश्वरीकेसी भण्डारी, कलाकार अप्स्रा राई, फोटो पत्रकार विरेन मादेन लिम्बुलाई विशेष धन्यवाद ज्ञापन गरे । 

मातृभूमिमा रहेका संस्थाका संस्थापक संयोजक खगेन्द्र कार्कीले संस्थाको स्थापनाका निम्ति खेलेको महत्वपूर्ण भूमिको प्रशंसासहित उनले पठाएको शुभकामनापत्र समेत सो कार्यक्रममा पढेर सुनाएको थियो ।  कार्यक्रम सञ्चालन संस्थाका सचिव जीवन थापाले सञ्चालन गरेका थिए । साथै सो कार्यक्रममा उपस्थित सबैलाई मायाको चिनो, प्रशिक्षकहरुलाई ट्रफी, प्रदान गरिएको थियो भने चिट्ठामार्फत तीन जना विजेतालाई कलर टिभी, स्मार्ट स्टेण्डर वाच, स्मार्ट वाच कार्यक्रमको समापनमा हस्तान्तरण गरिएको थियो । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया