देवानगञ्ज घटनापछि सर्वदलीय छलफल, प्रधानमन्त्रीको आश्वासन; कफ्र्यु जारी, आन्दोलन झन जटिल बन्दै

खगेन्द्र कार्की

इटहरी   सुनसरीको देवानगञ्ज कप्तानगञ्जमा भएको गोलीकाण्ड त्यसपछिको तनावका विषयमा सत्तारुढ दलहरूले समाधानका लागि आज सर्वदलीय बैठक बसेर छलफल गरिरहेका छन्। घटनाको दुई दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कानुनी कारबाही, पीडितलाई न्याय सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। यसबीच आन्दोलन सुनसरीबाट मोरङ, सिरहा वीरगञ्जसम्म फैलिएको भने सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सरकारले घटनाको गम्भीर समीक्षा गरिरहेको, सुरक्षाकर्मीबाट गोली चल्नु सामान्य विषय नभएको यसबारे अनुसन्धान सुरु भइसकेको उल्लेख गरेका छन्। उनले दोषीलाई कानुनबमोजिम कारबाही हुने, पीडितलाई न्याय क्षतिपूर्ति दिलाइने तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय भइरहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार मंगलबार दिउँसो :३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इनरुवा बजार तथा पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश लागू गरेको छ। कफ्र्यु अवधिमा आवतजावत, सभा, जुलुस, प्रदर्शन भेला निषेध गरिएको छ। प्रशासनले सम्भावित अप्रिय घटना रोक्न सुरक्षाकर्मीलाई व्यापक रूपमा परिचालन गरेको जनाएको छ।
कप्तानगञ्ज गोलीकाण्डको विरोधमा मंगलबार पनि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन जारी रह्यो। इटहरी२० पकलीमा प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर विरोध जनाए, जसका कारण लामो दूरीका सवारी प्रभावित भए। विराटनगरमा पनि प्रदर्शनका कारण अधिकांश बजार बन्द भए भने सिरहामा राजमार्ग अवरुद्ध गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा प्रधानमन्त्री गृहमन्त्रीको राजीनामासमेत माग गरिएको छ।
तनावबीच दुहवीमा विभिन्न सामाजिक संस्था, नागरिक समाज स्थानीय अगुवाको सहभागितामा सामाजिक एकता र्‍याली निकालिएको छ। र्‍यालीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम राख्न तथा घटनाका दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाप्रति दुःख व्यक्त गर्दै हिंसाबाट कुनै समस्या समाधान नहुने जनाएको छ। पार्टीले स्वतन्त्र निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय, क्षतिपूर्ति घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै अफवाह नफैलाउन, सामाजिक सद्भाव कायम राख्न घटनालाई राजनीतिकरण नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
नेपाल मानव अधिकार संगठनले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव मानव अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ। संगठनले मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।
घटनापछि सुनसरीका इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी, बर्जु भोक्राहा नरसिंह गाउँपालिकाले स्थानीय शोक बिदा दिएका छन्। देवानगञ्ज इनरुवाले दुई दिन तथा अन्य चार स्थानीय तहले एक दिन बिदा घोषणा गरेका छन्।
आइतबार राति बोलबम यात्राका क्रममा दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण तथा नेपाल प्रहरी सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घाइते भएका छन्। त्यसपछि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गर्नुका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी सशस्त्र प्रहरीका जिल्लास्तरीय प्रमुखहरूको सरुवा गरिसकेको छ। आन्दोलनकारीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही पीडित परिवारलाई न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

 

खगेन्द्र कार्की
प्रतिक्रिया