इटहरी । विगतका वर्षझैँ रमझम र उल्लासमय बन्न सकेन २०८३ सालको साउन। अघिल्ला वर्षहरूमा साउने सोमबार बोलबम यात्रुहरूको लर्को, नदी तटमा स्नान गर्ने श्रद्धालुको भीड र मठमन्दिरमा भक्तजनको घुइँचोले धार्मिक वातावरण उल्लासमय बन्ने गरे पनि यस वर्ष त्यस्तो दृश्य देखिएन। झन् साउनको दोस्रो सोमबार सुनसरीको देवानगञ्जमा धार्मिक विवाद हिंसात्मक झडपमा परिणत भई प्रहरीको गोलीबाट एक जनाको मृत्यु र दर्जनौँ घाइते भएपछि धार्मिक वातावरण थप शोकाकुल बनेको छ। यस्तो परिवेशमा अबका बाँकी साउने सोमबार पनि विगतजस्तै उल्लासपूर्ण हुने संकेत देखिएको छैन। यही प्रभावबीच चितवनको प्रसिद्ध तीर्थस्थल देवघाट धाममा पनि यस वर्ष विगतका वर्षहरूको तुलनामा श्रद्धालुको उपस्थिति उल्लेख्य रूपमा घटेको छ।
१३ साउन २०८३, बुधबार ०९:४८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो