इटहरी ।तेस्रो गोर्खा ट्रेल व्लेजर १० किलो मीटर दौड प्रतियोगीतामा सुरज लिम्वु प्रथम भएका छन् ।
गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा धरानको रत्न चोक बाट सुरु गरी गोर्खा स्मृती पार्क सम्म भएको प्रतियोगीतामा पुरुस तर्फ सुरुज लिम्वु ३४ मीनेट ४५ सेकेन्डमा दुरी पार गरी प्रथम भएका हुन,त्यसै गरीे दोस्रो ३६ मीनेट २ सेकेन्ड ओसन राई,र ३६ मीनेट ३८ सेकेन्डमा स्काई तेस्रो भएका छन् ।
महीला तर्फ प्रथम पुष्पा शेर्मा ४५ मीनेट ३४ सेकेन्ड,दिपा वस्नेत दोस्रो ४७ सेकेन्ड ४४ मीनेट र ४८ मीनेट ४२ सेकेन्डमा इन्द्रकला नेम्वाङ निकी तेस्रो भएकी हुन । प्रतियोगीतामा विजयी हुने क्रमस महिला,पुरुष प्रथम हुनेलाई २० हजार नगद प्रमाणपत्र,मेडल,दोस्रो १० हजार प्रमाणपत्र,मेडल तेस्रो हुनेलाई ५हजार प्रमाणपत्र र मेडल प्रदान गरीएको थियो । प्रतियोगीतामा विजेता हुने दुवै महिला पुरुष खेलाडीलाई हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी गराइने छ ।
गोर्खा सेमिट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईको समापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मीना श्रेष्ठ,धरान १८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई,धरानका पुर्व मेयर तिलक राई, लगायतको सहभागीता रहेको थियो भने सोही अवसरमा दोस्रो विस्वयुद्ध लडेका खोटाङ जन्ते ढुङगाका हाल वेलटार निवासी १०२ वर्षीय पुर्व व्रिटिस गोर्खा सैनीक दल वहादुर राई,धरान रत्नमार्ग निवासी जेष्ठ नागरीक कृष्णदेब राई,राम कुमारी चाम्लीङलाई सम्मान गरीएको थियो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो