इटहरी । आदीवासी जनजाती पत्रकार महासंघ फोनीज प्रदेश १ कोे आयोजना तथा आन्तरीक मामिला तथा कानुन मन्त्रालय बिराटनगरको सहयोगमा पहिचानको लागी सञ्चार अभियान अन्तर्रगत फोनीकर्मी महिला पत्रकारहरुको प्रथम प्रदेस स्तरीय भेला तथा क्षमता विकास सचेतना कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
पहिचानवादी महिलाहरुलाई समानुपतिक समावेसी ढंगले संचारका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन राज्यको दायित्व रहेको कार्यक्रमको प्रमुख अतिथी तथा आन्तरीक मानिला तथा कानुन मन्त्री सुनीता गुरुङले वताइन, प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकार क्षेत्रमा नयाँ आयम थपिने , र पत्रकारहरुले नडराईकन सत्यतथ्य घटनालाई छर्लङ पार्न समेत मन्त्री गुरुङले आग्रह गरीन ।
आदिवासी जनजाती पत्रकार महांघ फोजीन प्रदेस नम्वर १ को अध्यक्ष सन्तवीर लामाको सभापतित्वमा भएको कार्यक्रमममा कान्तीपुरकर्मी विद्या राई र प्रदेस प्रहरी प्रमुख चन्द्र कुवेर खापुङले सहजीकरण गरेका थिए भने प्रदेसका विभिन्न जिल्लाको महिला पत्रकारहरुको सहभागीता रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो