देशैभरका विद्यालय तथा सरकारी निकायले मनाए ५९ औं राष्ट्रिय बालदिवस

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । आज ५९ओैं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ नारा सहित देशै भरका विद्यालय  तथा सरकारी निकायले बाल दिवस मनाएका छ। यस्तै सुनसरी तथा मोरङका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुले बालदिवसका अवसरमा प्लेकार्डसहित नगर परिक्रमा गराएका छन् । सोही अवसरमा मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल एकेडेमीले पनि आफ्नै विद्यालय प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएको छ।  बाल दिवस कार्यक्रममा बालबालिकाले नै कार्यक्रमको उद्घाटन गरेका थिए। 

उक्त कार्यक्रममा विशेष गरी सम्पूर्ण कार्यहरु विद्यार्थी आफैले सिर्जना गरेका थिए। विद्यार्थी स्वयंले गायन, नृत्य , चित्रकला प्रतियोगिता, वक्तृत्वकला तथा नाटक जस्ता कार्यक्रम गरि बाल दिवस मनाएका थिए। विद्यालयका प्रिन्सिपलले सो बालदिवस मनाउन विद्यार्थी लाई सहजिकरण मात्र गरिदिएको जानकारी दिएका छन्। उनले यस्तै सहजिकरण र व्यवस्थापनले गर्दा नै विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा अग्रसर रहेने गरेको अनुभव बताए। कक्षा कोठा भन्दा फरक पाठ्यक्रम ले नै विद्यार्थीहरुको क्षमतालाई विकास गर्ने भएकोले यस्तो अभियस पूर्वाञ्चल एकेडेमीले गर्दै आएको जानकारी दिए।

यस्तै बाल दिवसकै अवसरमा नजिकिँदै गरेको तीजको दर खाने दिन पनि पूर्वाञ्चल एकेडेमीले मनाएको छ। उक्त दरको आफ्नै मौलिक महत्व भए पनि परम्परागत भन्दा फरक रहेको पूर्वाञ्चल एकेडेमीकी शिक्षिकाले बताएकी छिन्। उनीले दर खाने दिनलाई सामान्य रूपमा  आफूले सक्ने हिसाबले मनाउन पनि सुझाव दिएकी छन्। 

यस्तै बाल दिवसले विद्यार्थी तथा बालबालिकाहरुलाई ऊर्जा प्रदान गर्दै हौसलाका साथ अभिभाबक तथा शिक्षक मार्गदर्शनको भूमिका खेल्न जरुरी देखिन्छ।


खगेन्द्र कार्की
प्रतिक्रिया