फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । स्थानीय तहको २०७४ सालको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको नगरप्रमुख बनेका द्धारिकलाल चौधरी २०७९ को संघीय तथा प्रदेशसभाको निर्वाचनपछि गुमनाम भए । छक्कापञ्जा नजान्ने इमान्दार छविका चौधरीको सोझो स्वभावको गतिविधि र अभिव्यक्ति निकै चर्चित बन्यो । उक्त चर्चाले इटहरीलाई प्रचारित गराए पनि उनको व्यक्तिगत राजनीतिमा भने ठूलो धक्का पु¥यायो । नगरप्रमुख हुँदा गरेका कार्यशैली र बोलीले अन्ततः उनी एमालेको नेतृत्वबाट पनि पाखा लाग्न बाध्य बनायो । जिल्ला अध्यक्ष भइसकेका चौधरी त्यही पदमा पुनः लड्दा पराजित हुन पुगे ।
स्थानीय तहमा दोहोरिने आकांक्षा राखेका चौधरीलाई एमालेले टिकट नदिए पछि उनी माओवादी केन्द्रबाट कोशी प्रदेशको सभासद्मा निर्वाचन लडे त्यहाँ पनि हार खाएपछि अन्ततः उनी गुमनाम भए ।
निर्वाचनको बेलामा आफू सभासद भएको खण्डमा पहिला प्रदेशमा भएका भ्रष्टाचारका फाइल खोलेर काला कर्तुत बाहिर निकाल्ने अभिव्यक्ति दिएका चौधरीलाई अन्ततः सभासद् बन्नबाट रोकियो । आफ्नो राजनीतिक विरासत सबै गुमेपछि चौधरी कुनै पनि औपचारिक कार्यक्रमहरुमा बाहिर आएनन् तर इटहरीबासीले अहिलेको हेमकर्ण पौडेल नेतृत्वको सरकारको कार्यशैली देखेर द्धारिकलाललाई बारम्बार सम्झिरहे र सम्झिरहेका छन् ।
उनको सम्झना जनताले गरिरहँदा उनले लामो समयपछि सक्रिय बनाएको सामाजिक सञ्जालमा राखेको एउटा फोटोले फेरी चर्चामा आएका छन् । उनले आफूले छोडेको पार्टीको नेतासँग लिएको तस्बिर सार्वजनिक गरेपछि फेरी राजनीतिक तरंगीत बनेको छ ।
इटहरीको मेयर भएका बेलामा निकै चर्चा कमाएका द्वारिकलाल चौधरी झण्डै एक वर्षपछि सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ओली निवास बालकोटमा लिएको तस्बिर लिएर सार्वजनिक भएका हुन् । उनले तस्बिरमात्र सार्वजनिक गरेनन उक्त तस्बिको स्टाटसमा ‘श्रदेय कमरेडसँग फेरि’ भन्ने लेखिएको शब्दावलीले भने राजनीति तरंगीत बनाएको टिकाटिप्पणी भईरहेको छ ।
माओवादीमा प्रवेश गरेर निर्वाचन लड्ने बाहेक उनी उक्त पार्टीको कुनै पनि औपचारिक कार्यक्रममा नदेखिनु र अहिले एकाएक संविधान दिवसका दिन केपी बासँगको तस्बिर सार्वजनिक गरेर ‘श्रदेय कमरेडसँग फेरि’ भन्ने वाक्याशं लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो