सुनसरी ।। सुनसरीको तरहरामा गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समितिले आज तमु ल्होसारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० अन्तर्गतको गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समितिले तमु ल्होसार साथै २७ औं साधारणसभा समेतको कार्यक्रम आयोजना गरेको हो।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाउने परम्पागत विश्वास छ । सो अवसरमा नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्यमा १ दिने निःशुल्क आँखा जाँच शिविर समेत गरिएको छ। जसमा १२० बढी मानिस लाभान्वित भएका छन्।
कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले इटहरी उपमहानगरपालिका र इटहरी २० वडा कार्यलय मार्फत गुम्बालाई २ लाख आर्थिक सहयोग गर्ने गरिको तयारी भएको जानकारी दिए।
कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएका विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग समेत गरेका थिए । तमु ल्होसारकै अवसरमा गुम्बामा आर्थिक सहयोग गर्ने ६० जना बढीलाई साथै जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियोे ।
यो सँगै तमु ल्होसार देशै भरि आज मनाइँदै छ। 'ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले यो पर्व मनाउने गरिएको हो ।
त्यसै स्वरूप शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ संस्कृति हराए महत्त्व हराउँछ यही महत्वलाई जीवित राख्न यो पर्व भव्यताका साथ मनाइएको गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समितिका अध्यक्ष तनुज गुरुङ्गले बताएका छन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो