पाठकको पुर्पुरो : २वि.सं. २०८० माघ २८ गते (इ.सं. २०२४ फरवरी ११ तारिख) आइतबार , आजको दिन सबै जातकका लागि शुभ रहोस्

फामिने ज्योतिष

मेष – मेहनत खेर नजाने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्रा हुन सक्छ । दाम्पत्य जीवन सुखद रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । धनबल वृद्धि र मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

वृष – मिश्रित फलदायी दिन छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्न सक्छ । खर्चको योग छ । स्वास्थ्य पनि त्यत्ति सवल नरहला । कर्मबल भने बढ्नेछ । आफन्तजनको सहयोग रहला ।

मिथुन– भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्तिका लागि विशेष मिहेनत गर्नुपर्नेछ । रसरागको भाव वृद्धि होला । मित्रजनले साथ दिनाले आत्मविश्वास बढ्नेछ । मान महत्व र सुखशान्ति प्राप्त हुने योग छ ।

कर्कट – जोखिम बढेपनि सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद, भ्रमण आदिमा आकर्षण रहनेछ ।

सिंह – दिन शुभदायी छ । तार्किक क्षमता बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव बढ्नेछ । धनलाभको योग छ । दामपत्य सुख र आरोग्यता रहला । रसरागमा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या – बन्न लागेको काम पनि अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाटै धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । आजको दिन गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपनो अनुभूति हुनेछ ।

तुला – दिन शुभदायी छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसरले पछ्याउलान् । तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन, ध्यान राख्नुहोला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । प्रेमभाव तथा रसरागमा आकर्षण बढ्नेछ । व्यस्ततामा दिन बित्ला ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । सामाजिक काममा रुचि बढ्ला । तपाईंको कामबाट धेरैलाई फाइदा पुग्न सक्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । शुभ समाचार प्राप्त हुने योग छ । समयले साथ दिनेछ ।

धनु – विशेष योजनाहरू बन्नेछन् भने एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विद्यार्थी वर्गमा पर्नुहुन्छ भने पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा, वागबगैंचासम्बन्धी काममा मन आकर्षित होला । मिठो भोजनको योग पनि छ । रसरागको भाव वृद्धि होला ।

मकर – समय खासै शुभदायी नभएकोले नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गर्दै आएको कामलाई निरन्तरता दिन सकिनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधानीका साथ व्यवहार गर्नुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – समय शुभदायी छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । आकर्षक बोली र व्यवहारको माध्यमबाट अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । आरोग्यता बढ्नेछ । आनन्दमा वृद्धि हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

मीन – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । व्यापारमा पनि फाइदै हुनेछ । समग्रमा दिन राम्रै छ । विलासी कर्ममा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया