सुन्दरहरैँचा नगरपालिकाद्वारा इ-रिक्सा चालकलाई ब्लुबुक वितरण

खगेन्द्र कार्की

युवा जागरण संवाददाता

विराटचोक, मोरङ । १० वर्षदेखि सञ्चालन हुँदै आएको ई–रिक्साको व्यवस्थापनका लागि सुन्दरहरैंचा नगरपालिकाले चालकलाई ब्लुबुक वितरण सुरु गरेको छ ।  

नगरप्रमुख केदारप्रसाद गुरागाई तथा उपप्रमुख अकलीदेखि चौधारी लगायतले ट्राफिक प्रहरीको सहभागितामा इ–रिक्सालाई व्यवस्थित गर्न चालकलाई ब्लुबुक प्रदान गरिएको  हो । इ–रिक्सा व्यवस्थापन कार्यविधि २०७८ बमोजिम चालकको हित तथा नियमको पालना अनुसार  ब्लुबुक वितरण कार्यको शुरूवात गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाइले बताए । 

पहिलो चरणमा आवेदन दिएका १ सय ६०  जना इ(रिक्सा चालकलाई ब्लुबुक वितरण गरिने कार्यको शुरूवात  भएको सम्बन्धित विभागका शाखा प्रमुख बासुदेव अधिकारीले जानकारी दिए  । नगरमा हाल १५  सयको हाराहारीमा इ–रिक्सा सञ्चालनमा  आएर स्वदेशमै आयआर्जन गरिरहेको बलिया अटो तथा सिटी सफारी समितिका अध्यक्ष विष्णु वनले जानकारी दिए । 


खगेन्द्र कार्की
प्रतिक्रिया