महोत्तरी । महोत्तरीको बर्दिवास-४ स्थित जंगहा खोलाबाट अवैध उत्खननमा प्रयोग गरिएका ९ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
राति नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् र निकासी गरेको पाइएपछि टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिए । उनका अनुसार नियमविपरीत नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, माटो लगायत उत्खनन गरी लोड गरेको अवस्थामा टिपर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा रहेका उक्त टिपरलाई कारबाहीका लागि नगरपालिका पठाइएको दाहालले बताए ।
फाष्ट मिडिया नेपाल संवाददाता
२८ पुस २०८०, शनिवार ०४:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो