पाठकको पुर्पुरो : वि.सं. २०८० पौष १० गते (इ.सं. २०२३ दिसेम्बर २६ तारिख) मंगलबार, आज प्रकृति पुजक किराँत समुदायको उधौली पर्व

फामिने ज्योतिष

मेष – दिन शुभदायी छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । धन आर्जनको अवसर जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजको केही समय अरूका काममा बित्न सक्छ । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

वृष – भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनुका साथै अध्ययन तथा अध्यापनमा राम्रै प्रगति हुनेछ । परिश्रम भने धेरै गर्नुपर्ने योग छ, तापनि काममा सफलता मिल्नाले मन सन्तुष्ट रहला । स्वास्थ्यप्रति केही सजग रहनु हितकर हुनेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ ।

मिथुन – आजको दिन बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सजग रहनुहोला । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । धैर्य राख्नुहोला । विगतको श्रमबाट भने लाभ हुने योग छ । विभिन्न अवसर जुर्ला, तर अवसर फुत्कने सम्भावना देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने र आत्मविश्वास बढ्ने दिन छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । पारिवारिक जमघटमा मन रमाउनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । आयबल बढ्नेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह – समय उत्साहवर्द्धक नै रहला । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । आजको दिन लामो यात्राको सम्भावना छ, तर अनावश्यक यात्रालाई टार्नु नै हितकर हुनेछ ।

कन्या – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । श्रमको उचित मूल्यांकन हुनेछ । पारिवारिक तथा सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । हासविलास, खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । कृषि तथा व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । सहयोगी वा हितैषी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिने समय छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्च बढ्न सक्छ । उपलब्धि उठाउन ठूलो प्रयत्न गर्नुपर्ला । तथापि, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा हुनुहुन्छ भने राम्रै फाइदा उठाउन सकिएला । दामपत्यसुख बढ्नेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्न सक्छ । रोकिएका काम सम्पादन हुनेछन् । आफ्नै कमजोरीले विवादमा परिने योग भएपनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मकर – प्रतिष्ठित काम गर्ने मौका मिल्ला, तर बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । तपाईंको श्रमको भने उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला ।स्वास्थ्य सामान्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग छ ।
कुम्भ – आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । तथापि, प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ, सावधान हनुहोला । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । अरूले आलोचना गर्नसक्छन् । परिश्रम ज्यादा र फाइदा कममात्र हुने योग छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । तर, सन्तानसुख प्राप्त हुनेछ । रसरागको भाव जगृत होला ।

फामिने ज्योतिष
प्रतिक्रिया