काठमाडौं । नेपाल विद्युतप्राधिकरणले ६ वटा उद्योगमा काटिएको बिजुली मंगलबारदेखि जोड्ने निर्णय गरेको छ।
मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले रिलायन्स घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, रिलायन्स स्पिनिङ मिल, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको विद्युतजडान गरिदिने निर्णय गरेको हो।
विद्युत महसुल नबुझाएको भन्दै असार २५ गतेदेखि प्राधिकरणले ती उद्योगको बिजुली काटेको थियो। आगामी तीन महिनाभित्र बक्यौता महसुल बुझाउनुपर्ने सर्तमा प्राधिकरणले बिजुली जोडेको हो।
प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणलाई उद्योगमा काटिएको बिजुली जोड्न निर्देशन दिएका थिए।
फाष्ट मिडिया नेपाल संवाददाता
८ साउन २०८१, मङ्गलबार ०७:०९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो