https://youtu.be/BJUEylLsjIY?si=_zPdf2mVBwWHoI4s
सुनसरी प्याब्सन र अखिल नेपाल फुटबल संघको आयोजनामा धरानमा आयोजित फुटबल प्रतियोगितामा ग्रामिण स्तरमा सञ्चालनमा रहेको माउन्ट एभरेष्ट एकेडेमी प्लस २ कलेजले तेस्रो स्थान हासिल गरेर दुहवी नगरपालिकामा पहिलो बनेको छ ।
धरानको एन्फा एकेडेमीमा सञ्चालन भएको सो प्रतियोगितामा निकै मैहुँ भन्ने कलेजहरुलाई पनि जितेर दुहवी–८ को सोनापुरमा सञ्चालनमा रहेको सो विद्यालयले तेस्रो स्थानमा निकाल्न सफल भएको हो । शैक्षिक प्रगतिसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको यस विद्यालयले प्रायः सबै प्रतियोगितामा भाग लिँदै कुनै न कुनै पोजिसन स्थापित गर्दै आइरहेको विद्यालयका प्राचार्य एस रहमान राइनले बताए ।
उनका अनुसार धरानमा आयोजित सो प्रतियोगितामा पनि सेतो बंगला (एडुटेक) कलेज, धरानकै निकै चर्चित कलेज विजयपुर जस्ता कलेजलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो । १६ वटा सुनसरीका कलेजहरुको भिडन्त भएको उक्त प्रतियोगिताको सेमिफाइनलमा मुनमिन कलेजसँगको प्रतिष्पर्धाबाट बाहिरिएको कलेज माउन्ट एभरेष्ट अन्ततः तेस्रो स्थान हासिल गरेर जिल्लामा छुट्टै पहिचान स्थापित गर्न सफल भएको प्राचार्य राईनले बताए । राईनका अनुसार दुहवी क्षेत्रबाट प्लस २ लेभलबाट यति ठुलो उपलब्ध हासिल गर्ने कलेजमा माउन्ट एभरेष्ट नै पहिलो भएको दावी पनि गरे ।
उक्त प्रतियोगितामा सेतो बंगला (एडुटेक)लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराएको थियो भने धरानको विजयपुर कलेजलाई ३ का विरुद्ध १ गोलको फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय भएको प्राचार्य राईनले जानकारी दिए ।
खेलाडीको मेहनत, कुशल व्यवस्थापन अनि सिईओ ईन्जिनियर समिउर रहमान साहिलको कुशल नेतृत्वदायी भूमिकाले माउन्ट एभरेष्टले उक्त सफलता हात पारेको र आगामी दिनमा यि भन्दा ठूला ठूला प्रतियोगितामा समेत भाग लिन सक्ने गरी अतिरिक्त क्रियाकलापमा विद्यालयले प्राथमिकता दिने प्रतिबद्धता पनि संस्थापक अध्यक्ष तथा प्राचार्य राईनको रहेको छ ।
सो प्रतियोगितामा हिमशिखर कलेज तरहरा, मुनविन एकेडेमी कालाबञ्जर क्रमशः विजेता र उपविजेता बनेका थिए । उक्त प्रतियोगिता फागुन ६ गते शनिबारदेखि फागुन १२ गते आइतबारसम्म सञ्चालन भएको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो