मेष – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउला । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने देखिन्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजन प्राप्ति र मित्रजनसँगको जमघटले मन रमाउनेछ । समग्रमा अनुकूलता वृद्धि हुने दिन छ ।
वृष – आजको दिन विशेष योजना सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि दैनन्दिन कार्यमा परिस्थिति प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजन टाढिने योग छ । धर्मकर्ममा आकर्षण रहला । पारिवारिक समस्याको समाधान खोज्न सकिनेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – समय मिश्रित फलदायी रहने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभ होला । आज काम बिग्रने डरले सताइरहनेछ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । बेसुरमा कसैलाई कुनै वचन नदिनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोस् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । धनलाभको योग छ । यात्रागत कार्य सफल र सर्थक हुने देखिन्छ । कृषिसम्बन्धी कार्यबाट सामान्य लाभ मिल्ला । आमाको माध्यमबाट पारिवारिक काम बन्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला । दिन रमाइलैसँग बित्नेछ ।
सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सबल स्वास्थ्य तथा शारीरिक स्फूर्तिका लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला । प्रेमभाव वृद्धि र रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
कन्या – राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् तर आफन्तजनको साथ प्राप्त हुनेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
तुला – व्यस्तता बढ्नेछ । सहयोगीहरूले राम्रै साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । खर्च वृद्धिको योग छ । प्रतिस्पर्धी परास्त होलान् । आरोग्यबल बढ्नेछ । मिठो भोजनको आनन्द उठाउन पाइनेछ । साहसिक काममा आकर्षण बढ्ला ।
वृश्चिक – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्नसक्छ । धन आर्जनको मौका जुर्ला । पराक्रम एवम् उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने देखिन्छ । आफन्तको साथ सहयोग प्राप्त होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
धनु – मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने देखिन्छ । तथापि, सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्यता जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ध्यानपूर्वक कर्ममा लाग्नुहोला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आजको दिन उपहारको रूपमा प्राप्त हुने सामग्रीले सन्तुष्टि नदिन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने सम्भावना छ । आजको दिन अनावश्यक वादविवादमा पर्नुबाट जोगिने प्रयास गर्नु उचित हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता रहनेछ ।
मीन – होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । कृषिकर्ममा फाइदा मिल्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो