आजभोलिको बजार छ त महिला शृंगारको । महिलाका पोशाक तथा शृंगारको बजार कहिल्यै खस्कने अवस्थामा रहँदैन । लगानी, मेहनत र मागलाई ध्यानमा राखेर व्यवसाय गर्ने हो भने यो पेशाको भविष्य उज्जवल नै रहन्छ । यस्ता व्यवसायमा बढी मात्रामा महिलाहरु नै सहभागी हुँदै व्यापार व्यवसाय गर्दै आइरहेका छन् । लाहुरेको बस्तिका रुपमा चिनिएको धरान त झन मोडलिङ, शृंगार र फेशनमा जहिले अगाडि हुने ठाउँ हो जहाँ यतिखेर त्यही पेशालाई अंगालेर बसेकी छन् गीता राई । राईले ग्राहकको रोजाई अनुसारका सामग्री ल्याएर दावागुञ्जन कलेक्सनको नामबाट गरेको व्यवसाय लोकप्रिय बन्दै गएको छ । विभीन्न जातजातीका गरगहना पाउनका साथै ग्राहकको रोजाई अनुसारको विवाह, चाडपर्वमा प्रयोग गरीने पोसाक गरगहना तयार पार्ने गरी सञ्चालनमा रहेको उक्त व्यसायको सञ्चालिका राईसँग फाष्ट मिडिया नेपालका लागि सुप्रिया राईले गरेको कुराकानी ।
तपाईको दावागुञ्जन कलेक्सनमा के कस्तो सेवासुविधाहरु छन् ?
दावागुञ्जन कलेक्सनमा राई, लिम्बु, मगर, तामांग, गुरुङ, नेवार लगायत सवै जातजातीका समुदायको गरगहना रोजाई अनुसार तयार पारिन्छ, र हामीसँग ग्राहकले रोजेको खोजेको परम्परागत गहना र कपडाहरु सवै सस्तो र सहुलियत दररेटमा उपलब्ध गराउने गरेका छौं ।
ग्राहक काहा ँकाहाँवाट आउनु हुन्छ,कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पहाड, तराई, पुर्व, पस्चीम सबै ठाउवाट आउनुहुन्छ । विशेष गरी झापा, इलाम पुर्वका ग्राहक बढी आउनुहुन्छ,र म आफ्नो पेसा प्रति एकदमै सन्तुष्ट छु म हप्तामा ७ दिननै यही व्यस्त हुन्छु ।
ब्यावसाय कहिले देखि सुरु गर्नु भएको तपाईले आफ्नो ब्यावसायको भविष्य कस्तो देख्नु भएको छ ?
ब्यावसाय ६३ सालमा सानो लगानीमा सुरु गरिएको थियो धेरै कष्टकर थियो धेरै संघर्ष गर्नु प¥र्यो । संघर्षका बाबजुद निरन्तरता दिँदै जादा राम्रो भयो, जातिय गरहना साथै पोशाकको माग बजारमा धेरै छ । त्यसमा पनि कुन सामाग्री बढि माग भइरहेको छ ध्यान दिएर अगाडी वढ्ने हो भने यो ब्यावसायको भविष्य धेरै राम्रो छ ।
ब्यापार ब्यावसाय सफल वनाउन के गर्नु पर्छ,अहिले वजारमा कुन सामानको माग वढि छ ?
श्रीमानसँग कसरी काहाँ लगानी गर्ने सरसल्लाह गर्ने, ब्यवसायमा ध्यान दिएर समय लगानी गर्ने, पारीवारीक सल्लाहमा रहेर ग्राहकको मागलाई ध्यान दिँदै जाने हो भने अवस्य सफल भइन्छ । यतिवेला बजारमा काँढ चुरा,सिरफुल, सीरवन्दी लगायतको माग छ ।
दावागुञ्जन कलेक्सनले कति कर्मचारीलाई रोजगारी दिएको छ ?
प्रत्यक्षरुपमा ५ जना वहिनीहरु छन, त्यसमा म र मेरो श्रीमान गरेर ७ जना यहाँ दैनिक खटेका छौ, हामी अर्डर अनुसारको सामान तयार पार्ने हुनाले ढाका बुन्ने ५ जना सीलाईको लागी कालीगढ ४ जना, धागोवाट झोला,थैली लगायतका सामाग्री तयार पार्नका लागि ३ जना, सीरफुल, कण्ठ, मारवडी लगायतका गरगहना तयार पार्नका लागी ७ जना कालीगढ गरेर २६ लाई रोजगारी दिएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो