मेष – कुनै नयाँ कामको थालनी गर्ने योजना बनाउनुभएको छ भने अघि बढ्न उपयुक्त समय छ । काममा जाँगर बढ्नाले धनलाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । साहस र सामर्थ्यका साथै प्रेमभाव बढ्नेछ । कर्ममा अनुकूलता वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ । आशा उत्साह बढ्नेछ ।
वृष – ब्यर्थमा आज मनमा डर जाग्नसक्ने योग छ । कसैसँग हल्का मनमुटाव वा विवादको अवस्था आइपर्न सक्छ, सतर्क रहनुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले खानपानमा विशेष सावधान रहनहोला । चोटपटकबाट बच्न पनि सावधानीको दरकार छ । आफन्तजनको साथ–सहयोग प्राप्त होला ।
मिथुन – आजको दिन मिश्रित फलदायी छ । कसैबाट आदर-सम्मान मिल्ला । जागिरको काममा भने खासै मन जाने देखिन्न । राजनीतिमा हुनेले आफ्नो वर्चस्व बढाउन सक्ने योग छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने छ । व्यस्तता बढ्नेछ भने बौद्धिकता र रचनात्मकतामा पनि बढोत्तरी होला । मन प्रशन्न रहनेछ ।
कर्कट – सोचेका काम पूरा भइ सुखको अनुभूति हुने दिन छ । आजको दिन आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउनुहुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने योग छ । पराक्रम र आरोग्यता बढ्नेछ ।
सिंह – समय शुभदायी छ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हनेछ । परिवारमा भने सामान्य विवाद हुन सक्छ, सावधान रहनुहोला । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आयआर्जन राम्रै हुनेछ । कर्मबलका साथै रसरागमा आकर्षण बढ्नेछ । समयले साथ दिनेछ ।
कन्या – स्वास्थ्यमा सामान्य कमजोरीका साथै काममा ढिलासुस्ती हुन सक्ने दिन छ । आज तपाइलाई अल्छीपनले सताउला । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । आरोग्यता भने रहनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला – परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । पाहुनाको आगमनले सुख दिलाउने सम्भावना छ । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।
वृश्चिक – आज चिताएको काममा सफलता पाइनुका साथै धन लाभ पनि हुने दिन छ । पुराना मित्रजनसँगको भेटघाटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुने योग छ । परिवारबाट सुखको अनुभुति हुनेछ । भाग्यबल वृद्धि हुनेछ । स्वास्थ्यमा भने विशेष ध्यान दिनु हितकर हुनेछ ।
धनु – कर्मबल बढ्नेछ । समाजिक सम्मान पाउने र लाभप्रद यात्रा हुन सक्ने समय छ । अनौठो तरिकाबाट आम्दानी हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका साथ दिन बित्ने योग छ । स्वास्थ्यप्रति भने विशेष सतर्क रहनु हितकर होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।
मकर – आजको दिन आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको निरर्थक क्षेत्रमा पैसा खर्च हुने सम्भावना छ, सावधान रहनुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । प्रेमभाव वृद्धि हुनेछ । आफन्त एवम् मित्रजनको सहयोग मिल्नेछ ।
कुम्भ – ब्यस्तता वा दौडधुप बढे पनि आश मारेको काम तपाईंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त होला । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । आजको दिन बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न सक्छ । भय र भ्रमबाट मुक्ति मिल्ला । रसरागको भाव वृद्धि होला ।
मीन – दिन शुभदायी छ । नचिताएको ठाउाबाट आम्दानी होला । आम्दानीका विभिन्न बाटाहरु ख्ुाल्ने योग छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । उपलब्धिमूलक एवम् रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । प्रेमभाव वृद्धि तथा दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो