इटहरी । इटहरीको सोल्टी होटलमा यही जेठ २५ गते देखी २७ गते सम्म कोशी प्रदेशको समग्र पर्यटन उत्पादन प्रचार प्रसार गर्ने उदेस्यले इस्टर्न ट्राभल मार्ट २०२४ हुने भएको छ ।
इटहरी उपमहानगरपालीकाको आयोजना तथा इस्टर्न मार्ट ट्राभलको संयोजकमा हुने कार्यक्रममा कोशी प्रदेशमा हालसम्म सञ्चालीत तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरु, धार्मीक स्थलहरु, हस्पीटालीटी मेनेजमेन्ट, कलेजहरु गरी ३० वटा भन्दा वढि स्टलहरु रहने आज इटहरीको त्रीयुगा होटलमा पत्रकार सम्मेलन गरी जाकारी गराईएको छ ।
कार्यक्रममा छिमेकी देश भारत विहार,पस्चीम वंगाल प्रान्त,भुटान र वंगलादेशका ८० भन्दा भढि ट्राभल व्यवसायी,पर्यटनकर्मीहरुको उपस्थीती रहने छ भने नेपालको लुम्वीनी,वागमती,गण्डकी,मधेस प्रदेश लगायतका ५० जना भन्दा वढि ट्राभल व्यवसायीहरुको सहभागीता रहने इस्टर्न ट्राभल मार्टका संयोजक भविस कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
नेपाल सरकारले पोखरा र चितवनलाई मात्र पर्यटकीय क्षेत्र भनेर चिनाएको हुनाले कोशी प्रदेशमा पनि ८ वटा भन्दा अग्ला हिमालहरु छन्, त्यसै गरी धार्मीक स्थलहरु पाथिभरा,वराहक्षेत्र,छिन्ताङ देबी लगायतका ऐतिहासीक सास्कृतिक पर्यटकीय क्षेत्रहरु छन भनेर चिनाउनको लागी यो कार्यक्रम गर्न लागीएको जिल्ला होटल व्यावसायी सुनसरी तथा पर्यटन व्यावसायी सुनसरीका अध्यक्ष तथा इस्र्टन ट्राभल मार्टका कोषाध्यक्ष तेज वहादुर पुरीले जानकारी गराएका छन ।
कार्यक्रमको उत्घाटन कोशी प्रदेसका मुख्य मन्त्री हिक्मत कुमार कार्की वाट गरीने दोस्रो दिन आमन्त्रीत व्यावसायीहरुलाई कोशी प्रदेशका विभीन्न पर्यटकीय स्थलहरु भ्रमण गराइने र तेस्रो दिन झापाको होटल मेची क्राउनमा समापन गरीने समेत संयोजक भविस कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो