सप्तकोशी न्युज संवाददाता
काठमाडौं। जघन्य अपराध बलात्कार गर्न अनेकन तिकडम गर्ने गरेका छन् । पदीय जिम्मेवारीमा त्यो पनि अनुसन्धानको क्षेत्रमा रहेकाहरुबाटै बलात्कार जस्तो जघन्य अपराधमा सक्रिय हुन्छन भन्ने सुन्दा त्यति अनौठो नलाग्ला । किनकी पछिल्लो समयमा पदीय जिम्मेवारीमा रहेकाहरुबाट धेरै बलात्कारका घटना भएका छन् । यस्तै घटना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीबाट भएको छ । डर, धाकधम्की र प्रलोभन देखाउँदै बलात्कार गरेको आरोपमा विभागका एक जना सूचक पक्राउ परेका छन्। विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेललाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताए।
‘‘सामाजिक सञ्जालमार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर मेरो दैनिक विवरण रेखदेख गर्ने र मेरो पछि लागेर विभिन्न प्रकारले प्रभावमा पारेर मेरो डेरा कोठामा २१ माघ २०७८ मा आएका थिए’’, जाहेरीमा भनिएको छ, ‘‘त्यतिबेला मलाई झुक्याएर विवाह गर्ने भन्दै इच्छाविपरीत करणी गरेका थिए।’’ प्रहरीले प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ। पक्राउ परेका न्यौपाने कानुन व्यवसायी समेत हुन्।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो