उर्लाबारी÷उर्लाबारी नगरपालिका अन्तर्गत ९ वटै वडाका अति विपन्न परिवारले आवास सुविधा पाएका छन् ।
नगरपालिकाले अति विपन्न समुदायलाई आवास सुविधा उपलब्ध गराउने उद्देश्यका साथ विपन्न जनता आवास निर्माण कार्यक्रम अन्तर्गत १० वटा घर निर्माण गरेको हो । ‘विपन्न जनता आवास’ कार्यक्रमअन्तर्गत नगरपालिकाले वडाबाट सिफारिस भएअनुसार नौ वटै वडामा एक÷एक वटा घर निर्माण गरेको छ भने वडा नं. ४ मा थप एक घर निर्माण सम्पन्न भएको छ ।
वडा नं. ३ मा निर्माण भएको घर मंगलबार हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले विष्णुमाया दर्जीलाई घरको चाबी हस्तान्तरण गरे । विपन्न आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खरेलले स्थानीय सरकार गरिब तथा विपन्न नागरिकको पक्षमा रहेको बताए । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा, स्वास्थ्य उपचारको पहुँच नभएकालाई स्वास्थ्य बिमालगायतका कार्य आफूहरुको मुख्य प्राथमिकतामा रहेको उनले बताए । उनले भने– ‘नगरपालिका सडक, ड्रेन, कल्भर्ट निर्माणमा मात्र होइन, जनताका आधारभुत आवश्यकता पूरा गर्न पनि प्रतिबद्ध रहेको छ ।’ पूर्वाधार विकाससँगसँगै सामाजिक विकासको पनि आवश्यकता रहेको नगरप्रमुख खरेलले औंल्याए ।
यस्तै, नगर उपप्रमुख पौडेलले विपन्न नागरिकलाई प्राथमिकतामा राखेर नगरपालिकाले जनताको चाहनाअनुसारको विकास गर्दै अघि बढेको बताईन् । घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको बताउँदै उनले आगामी दिनमा अन्य विपन्न समुदायको आवास निर्माणका लागि पनि पहल गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष भीष्मराज बुढाथोकीले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्था नरहेका विपन्नको घर निर्माण गरिदिएको बताईन् । उनले यस कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिइन् । घर हस्तान्तरणपछि घरवेटी विष्णुमाया दर्जीले भनिन– ‘घर बनाइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ, नगरपालिकाले बनाइदियो । धेरै धेरै धन्यवाद ।’ उनले भनिन्, ‘नगरपालिकाले हाम्रो समस्या बुझेछ, खुसी लागेको छ ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मित्रप्रसाद ढकाल, स्थानीयवासी दिपक थपलियालगायत बोलेका थिए । निर्माण समितिका सदस्य मणि देवानले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सञ्चालन निर्माण समितिका सचिव पिपलराज गिरीले गरेका थिए । दुई कोठा र एक किचनसहितको आवास ६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनायएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो