सप्तकोशीको बोट दुर्घटनामा पत्रकारसहित ११ जना घाइते

फाष्ट मिडिया नेपाल संवाददाता

चतरा । मुख्यमन्त्रीलाई आमन्त्रण गरेर सशस्त्र प्रहरी बल बराह बाहिनीले विपद् उद्दार परीक्षण कार्यक्रम सप्तकोशी नदी चतरा पुलमा चलाईरहँदा गुडिरहेको मोटर बोट दुर्घटनामा परेको छ । 

सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको बेला कार्यक्रममा सहभागी पत्रकारसहित आगन्तुकहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा कान्तिपुर टीभीका विराटनगर संवाददाता महाप्रसाद खतिवडा र क्यामेरापर्सन शम्भु पोखरेलसहित ११ जना घाइते भएका छन् ।

खतिवडा र पोखरेलको अवस्था सामान्य छ भने घाइते बनेका पत्रकार कुमुद अधिकारीसहित अन्य घाइतेहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनामा परी कोशी नदीमा डुबेका उनीहरूको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको हो । चतराबाट उदयपुरतर्फ जाँदै गरेको जेटबोट दुर्घटनामा परेको हो। 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया