आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ २९ गते (तद्अनुसार सन् २०२३ जुन १२ तारिख) सोमबार आषाढ कृष्ण पक्षको नवमी तिथि

खगेन्द्र कार्की

मेष – आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तथापि धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायिक काममा कम मात्र फाइदा हुने समय छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । विवेकपूर्ण व्यवहारले धेरैको मन लोभ्याउन सकिनेछ । आय वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कर्मबल बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । सुख वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन पनि रमाइलो रहनेछ । अरूको फाइदाका लागि उपयोग हुनुपर्ने योग छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – जोखिम बढ्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – समय राम्रो छ । आरोग्यता र सुख वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । केही अवसर भने फुत्कन सक्छन, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर छ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव राम्रै रहला ।

वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । कार्यबोझ वृद्धि भए पनि सकारात्मक काम बन्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – व्यस्तता बढ्नेछ । आज परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउन सक्छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भएपनि अरूलाई वचन दिने बानीले दुःख पाइने सम्भावना छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साथ दिनेहरू बढ्नेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।

मीन – उल्लासपूर्ण एवम् फुर्सदिलो समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले प्रशन्नता बढ्ला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया