संघीय संसदमा राष्ट्रपति पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा क्रिकेटका पूर्वाधार निर्माणमा जोड

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल ((फामिने) न्युज डेक्स

इटहरी ।सरकारले विराटनगरको क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विराटनगरको क्रिकेट रंगशाला निर्माण गर्ने उल्लेख छ ।

‘आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्‍गशालाको स्तरोन्‍नति सम्पन्‍न गरी अन्तर्राष्‍ट्रियस्तरको प्रतियोगिता सञ्‍चालन हुने व्यवस्था गरिनेछ । चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्‍गको विराटनगर क्रिकेट रङ्‍गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै सरकारले खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लाने घोषणा पनि गरेको छ । ‘खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिनेछ,’ कार्यक्रममा उल्लेख छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया