इटहरी उपमहानगरापलिका प्रमुख पौडेल नेतृत्वको टोली कोरिया प्रस्थान

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्व पाँच सदस्य टोली तालिमको लागि दक्षिण कोरिया  प्रस्थान गरेको छ ।

मेयर पौडेल, उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, पूर्वाधार विज्ञ अर्जुन दाहाल र वातावरण इन्जिनियर युगदिप लुईटेल दक्षिण कोरिया जान लागेका हुन् । दक्षिण कोरिया जानका लागि मेयर नेतृत्व टोली काठमाडौं गएको छ। टोली यही शनिबार दक्षिण कोरिया प्रस्थान गरेका हुन् । 

दक्षिण कोरियामा रहँदा मेयर पौडेल नेतृत्व टोलीले संघीय तथा स्थानीय सरकारको तर्फबाट कुनै खर्च नगर्ने स्पस्ट पारेको छ। साथै वडा नं. ६ का वडाअध्यक्षलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएर गएकोले जनताको कुनै काम समेत नरोकिने पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । टोली अब्र्रान रिसाइलेन्स एण्ड मेकिङ् सिट्जि रिसिएन्ट तालिममा सहभागी हुनका लागि गएको हो । उक्त टोली कोरियामा एक हप्ता रहने जनाइएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया