२३ औँ अन्तराष्ट्रिय यौनकर्मी दिवस इटहरीमा अनुभव साटासाट गरी मनाइयो

फाष्ट मिडिया नेपाल संवाददाता

सुनसरी । २३ औँ अन्तराष्ट्रिय यौनकर्मी दिवस विस्वभरी मनाइरहदा इटहरीमा पनि यौन श्रमीक महिलाहरु भेला भएर एक अर्काको सुख दुखको कुरा साटासाट गर्दै जुम मिटीङ मार्फत अन्य ठाउका श्रमीकहरु सँग छलफल गरेर सम्पन्न गरेको छ ।

महिला सहयोगी समुह इटहरीले स्व.स्व नेपालसँग समन्वय गरेर यौन श्रमीक महिलाहरुले पनि अन्य महिलाहरु सरह भेदभावरहित सम्मानका साथ वाच्न पाउनु पर्ने साथै उनिहरुको स्वास्थ्य,अधिकारको विषयमा छलफल गरीएको समुहको वित्त कार्यलय प्रमुख दिक्षा दाहालले जानकारी दिइन् ।

महिला सहयोगी समुहले यौन श्रमीक महिलाहरुलाई आम्दा नेपालसँग समन्वय गरेर एचआइभी वाट वच्नकोलागी परामर्स तथा कण्डम वितरण गर्ने, परिवार नियोजनसँग समन्वय गरेर सुरक्षीत गर्भपतनको परामर्स गराउने, हिंसामा परेका महिलाहरुलाई कानुनी परामर्स तथा सहयोग गरीरहेको समुहको युवा परीचालनकर्ता ज्ञाना खड्काले जानकारी दिएकी छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया