विराटनगर राजश्व कार्यालयको असुली ७.१८ प्रतिशतले बढ्यो

खगेन्द्र कार्की

विराटनगर। आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो वर्षको तुलनामा ७.१८ प्रतिशतले राजश्व असुली बढाएको छ। कार्यालयले वार्षिक १२ अर्ब १० करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य रहेकामा १० अर्ब ३० करोड रुपैयाँ संकलन गर्दै लक्ष्यको ८५.१५ प्रतिशत हासिल गरेको जनाएको छ।

कार्यालयका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीका अनुसार असार महिनामा आयकरतर्फ ९४ करोड रुपैयाँ असुली गर्ने लक्ष्य रहेकामा १ अर्ब रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको १०६ प्रतिशत हो।

त्यस्तै, असार महिनाको कुल राजश्वतर्फ १ अर्ब ८३ करोड रुपैयाँ असुली गर्ने लक्ष्य रहेकामा १ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ९०.४५ प्रतिशत हो।

कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९ अर्ब ६१ करोड रुपैयाँ राजश्व असुली गरेको थियो। त्यसको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा राजश्व असुली ७.१८ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया