काठमाण्डौँ ।। नेकपा माओवादी केन्द्रसँग आबद्ध बेलायतमा रहेको नेपाल जनप्रगतिशील मञ्च बेलायत र गेसोले गत असोजमा आएको अविरल वर्षमा प्रभावित मानिसहरुलाई चाडपर्वको अवसर पारी राहत सहयोग गरेको छ। गत असोज १०, ११ र १२ गते आएको अविरल बर्षाका कारण प्रभावित मानिसहरुको सहयोगको लागि नेकपा माओवादी केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको उपस्थितिमा ३ लाख बराबरको उपभोग्य सामाग्री २५० थान सिरक हस्तान्तरण गरेको छ।
चाडपर्वको अवसरमा पीडित परिवारलाई केही राहत उपलब्ध गराइने उद्देश्य सहित परिवारको मुहार हर्षित बनाउन उक्त सहयोग गरिएको गेसो सभापति कृष्ण कुमार राई ले बताएका छन्। उनले बर्षाका कारण प्रभावित नागरिकलाई सहायता प्रधान गर्न अन्य संस्थाहरुले गरेको अग्रणी भूमिकाको पनि प्रसंशा गरेका छन्।
उक्त संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ। विपतको समयमा राहत वितरण संसँगै रक्तदान कार्यक्रम, सरसफाई लगायत विभिन्न कार्य हरुमा सहभागी हुँदै समाज परिवर्तनका लागि काम गर्दै आएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो