बिराटनगर/ जेनजी आन्दोलनमा भवन ध्वस्त भएको ६ महिनापछि कोसी प्रदेश सरकारले प्रदेश सभा बैठकका लागि नयाँ भवन निर्माण थालेको छ ।
जिल्ला समन्वय समितिको भवनमा सञ्चालन भइरहेको प्रदेश सभाको भवन गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा ध्वास्त बनाइएको थियो । कामै नलाग्ने अवस्थामा पुगेको भवनबाट प्रदेश सभा सञ्चालन हुन नसक्ने भएपछि प्रदेश सरकारले प्रदेश सभा भवन कटहरी गाउँपालिकामा रहेको एकीकृत तरकारी तथा फलफूल थोक बजारको भवनमा सारेको थियो । हाल यहाँ सभा भवनका लागि आवश्यक संरचना निर्माण भई रहेको छ ।
निर्माण व्यवसायी रामचन्द्र प्रसादका अनुसार, सम्झौता ढिला भएकोले काम पनि ढिला भएको हो । भ्याट सहित करिब ३ करोड ७२ लाख ९० हजार रुपैयाँको लागतमा प्रदेश सभाको अस्थायी संरचना निर्माणको काम पुरा गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा अस्थायी प्रदेश सभा हल, विभिन्न संसदीय दलका कार्यकक्ष, संसदीय समितिहरूका लागि कक्ष, क्यान्टिन र आधुनिक विद्युतीय जडानका कामहरू समेत समेटिएका छन् । टिनको छाना भए पनि भित्रपट्टि फल्स सिलिङ र आकर्षक फिनिसिङ गरेर यसलाई एउटा व्यवस्थित सदनको स्वरूप दिने प्रयास भइरहेको छ ।
सम्झौता अनुसार आगामी असार २० गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास
प्रदेश....मन्त्रालयले टेन्डर लगाएर निर्माण काम सुरु भएको हो । कोसी प्रदेश सभा सचिव सुदर्शन खड्काले सम्झौता अवधिमा नै काम पुरा हुने बताए । उनले सभाको गरिमालाई कायम राख्न यसअघिका केहि बैठक सभागृहबाट सञ्चालन भएको जनाए ।
यस अघि सचिवालयले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहबाट प्रदेश सभाका केही बैठकहरू सञ्चालनका गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो