आजको पाठकको पुर्पुरो : वि.सं. २०८० वैशाख १७ गते (तद्अनुसार सन् २०२३ अप्रिल ३० तारिख) आइतबार बैशाख शुक्ल पक्षको दशमी तिथि

खगेन्द्र कार्की

मेष – विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । जिद्दी गर्दा उपलब्धि गुम्न सक्छ, सन्तुलित व्यवहार गर्नुहोला । जागिरमा हुनुहुन्छ भने आजको दिन सावधान रहनुहोला । मित्रजन एवम् सन्तान पक्षले खुशी दिनेछन् । सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूको साथ मिल्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ काम प्रारम्भ गर्ने दिन छ । व्यस्तता वृद्धि होला । रसरागको भाव वृद्धि होला । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – रचनात्मक कार्यले फाइदा दिलाउने तथा दिगो फाइदा हुने काम सुरु गर्ने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तथापि अवसरको उचित लाभ उठाउन विशेष मिहेनत गर्नुपर्ला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बुद्धि र श्रम खेर जान सक्छ । ।सरसापटमा धन खर्च हुने समय छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । तथापि, रसरागमा आकर्षण बढ्नेछ भने खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ भने व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । साहस वृद्धिका साथै सुख आनन्द बढ्ला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता प्राप्त हुने दिन छ ।

कन्या – कर्मबल वृद्धि हुने समय छ । परिस्थिति अलिक प्रतिकूल रहे पनि सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धन लाभ हुने योग छ । रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ भने आफन्तको साथ रहनेछ ।

तुला – यात्राको अवसर जुट्ने योग छ । आज परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आजको दिन सकभर आर्थिक कारोबार नगरेकै बेस हुनेछ । सवारीमा पनि विशेष सावधानी अपनाउनुहोला । पराक्रम वृद्धि हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्नुहोला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ । मिठो भोजन प्राप्त होला । रोकिएको काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठन कार्यमा प्रगति हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । आरोग्यता बढ्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – व्यस्तता वृद्धि हुनेछ । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया