इटहरीमा प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहार, दुई जनाको मृत्यु

सुप्रिया राई

इटहरी  । राजधानीसहित देशभर सरकारले गरेकाे भनिएका भ्रष्टाचार, बेथिति, अपारदर्शीता तथा सामाजिक सञ्जाल बन्दकाे विरोधमा सोमबार इटहरीमा भएको प्रदर्शन हिंसात्मक रूप लिन पुगेको छ ।

इटहरीमा जेन्जी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा उपमहानगरपालिका कार्यालय परिसरमा तोडफोडसँगै प्रहरीसँग झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । सो क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुको परिचय हालसम्म खुल्न सकेको छैन । घटनामा संलग्न अन्य केही व्यक्ति घाइते भएका छन् भने घाइतेहरुको इटहरीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

झडपका क्रममा इटहरी उपमहानगरपालिका कार्यालय क्षेत्र आसपासमा निषेधाज्ञा जारी गरिएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।


सुप्रिया राई
प्रतिक्रिया