योग दिवसका अवसरमा जीवन विज्ञान इनरुवाको प्रभातफेरी कार्यक्रम

फाष्ट मिडिया नेपाल संवाददाता

इनरुवा । गरौं योग, रहौं निरोग मूल नाराका साथ आज देश भर नवौं योग दिवस मनाइएको छ । सोही क्रममा सुनसरीको इनरुवामा जीवन विज्ञान इनरुवाले प्रभातफेरीसहितका कार्यक्रम आयोजना गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेर योग दिवस मनाउन अनुरोध गरे बमोजिम इनरुवामा कार्यक्रम आयोजना गरिएको हो । 

इनरुवाको महेन्द्र चोकको राधाकृष्ण मन्दिरबाट शुरु भएको प्रभातफेरि इनरुवाका विभिन्न ठाउँ परिक्रमा गर्दै शान्ति चोकमा आएर नमस्कार प्रणायम सहितको नृत्य गर्दै समापन गरिएको छ । सो प्राभतफेरिमा सो अवसरमा प्रशिक्षक डिल्ली तिम्सिना, तुलसा दाहाल, रामबाबु पोख्रेल, चन्द्रकला पोख्रेल लगायत ३ दर्जन संस्थागत सहभागितासहित स्थानीयबासी सहागिता रहेको थियो । जीवन विज्ञान इनरुवाकी संयोजक सबिना सिग्देल रेग्मीले योग दिवसको अवसरमा श्वास प्रश्वास प्रक्रियाबाट गरिने नमस्कार प्राणायामले मानिसभित्र रहेका अंगहरू शुद्ध, सफा बनाइ सकारात्मक बन्न प्रेरित गर्ने हुँदा योग दिवस तथा माघे संक्रान्ती पारेर नमस्कार प्रणायम सहित प्रभातफेरी गरिएको बताइन् ।

उनी स्थानीय सरकारको भूमिकामा रहेर पनि इनरुवा नगरका सबैलाई स्वस्थ्य बनाउने उद्धेश्य सहित जीवन विज्ञानमा जोडिएर इनरुवा नगरका सबैलाई स्वस्थ राख्न प्रयास गरिरहेको बताउछिन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया