मेष – आजको दिन द्विविधामा परिने तथा निर्णायक क्षमतामा कमी आउने योग छ । तपाईंको कमजोरीप्रति प्रियजनले नै टीका–टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । प्रतिस्पर्धा बढ्ने देखिन्छ । शत्रुहरूको चलखेलले अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । मनोकूलको काम बन्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
मिथुन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । धैर्यले काम लिने प्रयत्न गर्दा हितकर होला । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता बढ्नेछ । रसरागमा रुचि रहला ।
कर्कट – स्वास्थ्य कमजोर भए पनि जिम्मेवारी बढ्ने दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्ने योग भएकोले विशेष सावधान रहनुहोला । लेनदेनमा विवाद आउन सक्छ, छ, सजग रहनुहोला । रोकिएका काम बन्नेछन् । खेलकुद र भ्रमणमा रुचि बढ्ला ।
सिंह – रोकिएका काम छन् भने आजको दिन प्रयत्न गर्नुभए सफलिभूत हुन सक्छ । नयाँ काम पाइने योग छ । तर, खर्च बढ्ने र आलस्य जाग्ने समय छ । अरूको भर पर्दा धोकामा परिन सक्छ, सचेत रहनुहोला । कार्यबोझ बढ्नेछ । आफन्तसित भेटघाट होला । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ ।
कन्या – व्यस्तता बढ्नेछ । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । उत्साहमा कमी आउला । खर्च बढ्नेछ । तथापि, मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् । दाम्पत्य जीवन सुखद रहला । परिवारिक सुख पनि वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – पराक्रम वृद्धि हुने दिन भए पनि अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तर समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले समस्या थपिने देखिन्छ । खर्च बढ्न सक्छ, सावधान रहनुहोला । आफन्तको सहयोग र समर्थन मिल्नेछ । शत्रुसित लड्ने क्षमता पनि बढ्नेछ ।
वृश्चिक – भाग्योन्नतिको समय छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । अप्रिय समाचार मिल्न सक्छ, ख्याल राख्नुहोला । धन वृद्धि हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
धनु – आरोग्यता बढ्नेछ । आज विभिन्न अवसर पाइने समय भए पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर गुम्ने सम्भावना देखिन्छ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । समस्याको समाधान गर्नुहुनेछ ।
मकर – लगानी या खर्च बढ्नेछ । धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ । सन्तान वा अनुयायीले भने प्रसन्नता दिलाउनेछन् । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित तथा बौद्धिक र रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ ।
कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । रसरागको भाव वृद्धि हुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ ।
मीन – कर्मबल वृद्धि होला तर सामाजिक कामको दायित्व बढ्नेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । अरूका जिम्मेवारी समेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । आरोग्यता भने बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो