पाठकको पुर्पुरो : वि.सं. २०८० फागुन १७ गते (ई.सं.२०२४ फेब्रुअरी २९) बिहीबार, सबै जातकका लागि दिन शुभ रहोस्

फामिने ज्योतिष

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । सुख–समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रु परास्त होलान् । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ एवम् सजावटसम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक समस्याहरू देखापर्न सक्छन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि खटपट पर्न सक्ने समय छ, विवेकपूर्ण व्यवहार गर्नु हितकर होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । अवसरको फाइदा उठाउने कोशिस गर्नुहोला । आरोग्यबल बढ्नेछ । रोग र शत्रुलाई जीत्ने सामर्थ्य रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ल । पारिवारिक भेटघाटको योग छ । प्रेमपात्रसित भेटघाट हुनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापारमा राम्रै फाइदा हुने समय छ, तथापि, केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । आर्थिक अभावले सताउन सक्छ, सचेत रहनुहोला । व्यवसायमा केही उतारचढाव आउला । प्रेम र मित्रताको बन्धन भने कसिलो बन्नेछ । सुख सुविधाका वस्तुको उपलब्धता एवम् रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिने समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर जुर्न सक्छन् । नाता-कुटुम्बको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्तिको अवस्था रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मनोरञ्जनपूर्ण रहला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन पनि कसिन सक्छ । पारिवारिक सुख शान्ति र समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । कार्यगति बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तल्याउन सकिएला । कर्मबलका साथै आय वृद्धि हुनेछ । व्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढ्ने दिन भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, सावधान रहनुहोला । तथापि, तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । केही खर्च बढ्ने योग हुनाले योजना र बजेट बनाइ व्यवहार गर्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । रोकिएका काम पुनः गर्ने प्रयास गर्दा सम्पन्न हुने योग छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । स्वास्थ्प्रति भने विशेष सावधानी अपनाउनुपर्ने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ शिप तथा ज्ञान प्राप्त हुने समय छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्दै हुनुहुन्छ भने मौका छोपिहाल्नु हितकर हुनेछ । पढाइमा प्रगति होला । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । बोलीको प्रभाव बढ्ने, अवसरले पछ्याउने र धनलाभ हुने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्नेछ । चिताएको काम बन्ने योग रहला । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । आरोग्यता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने प्रयत्न गर्नुहोला । पढाइलेखाइ सम्बन्धी कर्ममा प्रगति हुनेछ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया