झापाको बिर्तामोडमा प्रबिधिकाे बढ्दो प्रयोग, साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।

सुप्रिया राई

इटहरी । झापाको बिर्तामोडमा  आयाेजित एक कार्यक्रममा प्रबिधिकाे बढ्दो प्रयोग, साइवर अपराध र कानूनी व्यवस्थाबारे छलफल भएको छ ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड  नगरपालिका  ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि  शर्माले  प्रबिधि  अभिन्न  अंग बनसिकेको अहिलेकाे युगमा प्रबिधि  प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए ।

बिर्तामोड  नगरपालिका   वडा नम्वर ४ समितिकाे सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रबिधिकाे  प्रयाेग गर्दा अपनाउनु पर्ने सावधानी, जानी नजानी हुने कमीकमजोरीका कारण भोग्नुपर्ने समस्या र कानूनमा भएका व्यवस्थाबारे इलाका प्रहरी कार्यालय बिर्तामाेडका प्रहरी निरिक्षक नरेश लिम्बूले  सहजीकरण गरेका थिए ।

बिर्तामोड  नगरपालिका  वडा ४  टाेलबिकास संस्थाका प्रतिनिधि , तथा झापाका बिभिन्न क्षेत्रका किशोर  किशोरी , बिधार्थि  अभिभावक  तथा शिक्षकसहित ११० जनाको सहभागीता रहेको आयोजक संस्थाकी सदस्य दिपा पोखरेलले जानकारी गराइन  ।

सुप्रिया राई
प्रतिक्रिया