मेष – आज केही चुनौतीयुक्त या अप्ठ्यारो परिस्थिति पैदा हुन सक्छ, तर पनि केही काम बन्नेछन् । समयको सदुपयोग हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । मानवर्द्धक काममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।
वृष – शुभता र अनुकूलता बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । मिहेनत अलिक पर्ला, तर उपयोगी कामहरू सम्पादन हुनेछन् । परिवारजनको सहयोग मिल्नेछ । आश मारेको काम पुनः बन्न सक्ने योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ला । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ ।
मिथुन – आज केही चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न हितकर हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि रहला । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – केही खर्च बढे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । मिष्ठान्न भोजन प्राप्तिको योग छ । स्वास्थ्यका लागि आज खानपानमा सजग रहनु हितकर होला । आफ्नै लापर्वाहीले कुनै अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
सिंह – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तर, काममा अरूको भरपर्दा काम रोकिन सक्छ, याद राख्नुहोस् । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । नयाँ ज्ञान सिक्ने अवसर जुर्ला । कतै आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।
कन्या – आफ्नो अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । पराक्रम वृद्धिका साथै पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । आफन्तको साथ र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।
तुला – आरोग्यता वृद्धि र आर्थिक काममा आकर्षण बढ्ने दिन छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । खर्चको मात्रा बढेपनि चुनौती चिर्दै कार्य सम्पादन गर्न सकिएला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – व्यापारलगायत आर्थिक लाभसम्बन्धी काममा राम्रै फाइदा हुने समय छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । मान्यजन वा विशिष्ट व्यक्तिसँग बहसको सम्भावना छ, सावधान रहनुहोला । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । आरोग्यता वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । प्रतिष्पर्धी परास्त होलान् ।
धनु – जथाभावी दिइएको बचनले अप्ठ्यारोमा परिने योग रहेपनि आजको दिन चुनौती चिर्दै अघि बढ्न सकिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलबाट जोगिनु हितकर हुनेछ । प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्ने समय छ । अनुकूलता बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला ।
कुम्भ – पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।
मीन – आरोग्यता र कर्मबल बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । आफन्तको साथ कमै मिल्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो