इटहरी यातायात कार्यालयमा सेटिङबाट विचौलियाको दबदबाले सेवाग्राही मारमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । सुनसरीस्थित इटहरीको यातायात कार्यालयमा विचौलियाको रजगजले अस्तव्यस्त बनेको छ । सामान्य कामका लागि गएका सेवाग्राहीलाई बाटो छेक्दै बसेका विचौलियाको चंगुलले अनेकन वहाना बनाएर आफै हुने काम पनि हात पार्ने गरेका छन् । त्यति मात्र होइन आफै गर्छु भनेर भित्र गएका सेवाग्राहीले पनि कर्मचारीको ढिलासुस्ती र वेवास्ताको कारणले फर्केर विचौलिया नै दिनुपर्ने बाध्यता अद्यावधिक छँदैछ । 

स्वास्थ्य परिक्षण जस्तो सामान्य प्रक्रियामा पनि सेटिङ गरेर विचौलियाको फाइलको भरमा जस्ता पनि पास हुने अवस्था रहेको पाइएको छ । सेवाग्राही सिधै जाँदा फेल हुने तर विचौलियामार्फत गएमा पास हुने सेटिङको मारमा सेवाग्राही परेका छन् । यस्ता परिघटनाले पनि सर्वसाधरणलाई बिचौलिया तर्फ बाध्यताले विकर्षण भन्दा आकर्षण गरेको छ । बिचौलियाले सेवाग्राहीलाई मात्र बायोमेट्रीकमा प्रत्यक्ष उपस्थीत हुन भने पनि अन्य प्रयोजनमा भने आफै सेटिङको भरमा सम्पुर्ण काम गरिदिने गरेको छ ।

यस्तै विचौलियालाई मलजल गर्न बाध्य पार्ने यस कार्यालयको अर्को स्थान भनेको सर्वरको पनि हो । सर्वरका कारणले सेवाग्राहीको काम ढिलो हुने गरेको छ । यस कार्यलयमा सेवा लिन आउने सेवाग्राही विचौलियाको कोठा धाउँदा धाउँदै र पालो कुर्दा कुर्दै बित्ने गरेको भुक्तभोगीहरु बताउँछन् । स्थानीय सरकारले कुनै पनि सरकारी कार्यालयमा लेखापढी वा विचौलिया नहुने भनिरहेका बेला सेवाग्राहीको भिड लाग्ने यातायात कार्यालय भनेमा भने विचौलियाको दबदबा कायमै छ । तर यातायात कार्यालयमा कुनै विचौलिया नभएको यातायात कार्यालयको दावी छ । सेवाग्राही भने वाक्कदिक्क भएर यातायात कार्यालय जान नपरे पनि हुन्थ्यो भन्ने प्रतिक्रिया दिने गरेका छन् ।

दैनिक जसो सात आँठ सय हारहारीमा सेवा ग्राही कार्यलय आउने गरे पनि कर्मचारीको ढिला सुस्तीका कारण पनि सर्वसाधरण बिचौलियाको फन्दामा पर्ने गरेका छन।  यो किसिमको चरम लापरवाहीलाई मध्यनजर गर्दै सम्बन्धित निकायबाट अनुगमन, नियमन र ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया