काठमाडौं । धादिङको गजुरीमा यात्रुवहाक बस दुर्घटना हुँदा घटनास्थलमै चार जनाको ज्यान गईसकेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा दुर्घटनामा परेको हो ।
आज बुधबार विहानै दुर्घटनामा परेको सो बस करिब सय मिटर तल त्रिशुली नदीमा झरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो दुर्घटनाको उद्दार कार्य भईरहेको र ३० जना भन्दा बढी घाइते भएको बुझिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो