देशमै आर्थिक अवस्था नाजुक बनिरहेको बेला, राष्ट्रियता कमजोर बनेको बेला, आम मानिसका आशा र अपेक्षाको चाँङ लागिरहेका बेला एउटा मोरङ जिल्लाको कर्णाली भनेर चिनिएको केराबारी गाउँपालिकाले ति जनताका आम आशा र अपेक्षालाई सम्बोधन गर्न सक्ने बजेट ल्याउन सक्दैन । त्यस कारणले पनि केराबारी गाउँपालिकाले राष्ट्रियताका निम्ति ग्रेटर नेपालको नक्सा अध्यक्षको कार्यकक्षमा राखेर सांकेतिक दबाब दिँदै श्रमसंस्कृतिलाई जोडेर त्रिपक्षीय पालिका, जनता र सामाजिक संघसंस्थाको समन्वय र सहभागितामा केराबारीलाई उज्यालो बनाउनेतर्फ अग्रसर भएको छ । कृषि पर्यटनसहितको पूर्ण पूर्वाधार, समृद्ध केराबारी हाम्रो आधार नारा राखेर उज्यालो केराबारीतर्फ अग्रसर रहेको पालिकाले पछिल्लो समयमा प्रत्यक्ष जनतासँग जोडिएका विषयलाई लिएर बजेट विनियोजन गरेको छ । ६५.४ प्रतिशत जनता शिक्षित रहेको केराबारीका समस्याहरुको चाङ भत्काउन के कस्ता योजना आउँदैछन् ? बजेटले न्युन आय स्तरका जनतालाई कति सम्बोधन गर्न सकेको छ ? वा पालिकाकाले जनताका आम आशा र अपेक्षाका विषयलाई कसरी सम्बोधन गर्नेछ भनेर केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङसँग सञ्चारकर्मी खगेन्द्र कार्कीले गरेको कुराकानी ।
यहाँको कार्यकक्षमा पस्ने वित्तिकै ग्रेटर नेपालको नक्सा देखिन्छ । त्यो नक्सा राख्नुको उद्देश्य के छ ?
भारतको नयाँ संसद भवनको बाहिर उहाँहरुको भनाईमा सांस्कृतिक नक्सा भन्नुभएको छ त्यसमा नेपालका केही भुभाग समेटेर नक्सांकन गर्नुभएको छ । त्यो देखेपछि हामीले पनि राष्ट्रियताको सवालमा केन्द्रीय सरकारले बोल्नुपर्ने हो प्रष्ट रुपमा तर उहाँहरुले नबोलेको देख्दा हामी पनि स्थानीय सरकार नेपाल सरकारको एउटा अंग हौं । स्वायत्त सरकारमा छौं । जब राष्ट्रियता प्रश्न आउँछ त्यति खेर हामीले प्रष्ट रुपमा राष्ट्रको पक्षमा रहने तमाम जनताले नेतृत्वमा रहनेले बोल्नुपर्छ भन्ने अपेक्षालाई सम्बोधन गर्दै सांकेतिक दबाबका लागि यो ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतको हेपाहा प्रवृत्ति, भारतीय विस्तारवादका विरुद्धमा बोल्नुपर्छ भनेर उदाहरणको लागि नक्सा राखिएको हो । विशेष गरी वैदेशिक यस मामलामा नेपाल सरकार नै असक्षम भएको महसुस भएको छ । राष्ट्रियतामा आँच आउँने विभिन्न समयमा भारतीय सरकार, नेता, पर्टिकुलर व्यक्तिबाट विभिन्न चरणमा नेपालमाथि हमला भईरहेका सबैले देखेकै छौं जसका विरुद्धमा सांकेतिक विरोधका लागि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हुँ ।
अहिलेको बजेट र गत वर्षको बजेटमा के फरक छ ?
त्यस्तो खासै फरक त छैन । हामीले बिगतमा सुरु गरेका महत्वकांक्षी योजनाहरुलाई क्रमागत योजनाको रुपमा निरन्तरता दिएका छौं । सँगसँगै केराबारीको बजारलाई आकर्षक बनाउनु पर्ने, सहज र सौन्दर्यकरण गर्नुपर्ने विषय परेका छन् । केराबारी भ्रमणमा आउने आगन्तुकहरुका लागि खोर्साने देखि केराबारीसम्मको मार्ग सहज बनाउन सडक चौडाई बनाउने कामलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । सुन्दरहरैंचा नगरपालिकासँगको सहकार्यमा त्यो काम अगाडि बढ्नेछ । केराबारीसँग जोडिने अन्य सहायक बाटाहरु पनि छन् । ति सबैको निम्ति छिमेकी पालिकाहरुको सहकार्यमा यथेष्ट बजेट विनियोजन भएको छ । केराबारी बजारको सौन्दर्यकरणका निम्ति स्वागतद्धार देखि लिएर प्रत्येक व्यवसायीक क्षेत्रको बाटाहरुमा डिभाईजरसहित स्ट्रिट लाईन लगाउने योजना अगाडि बढेको छ । त्यस्तै सरसफाईका निम्ति प्रत्येक ठाउँमा डसबिन राखेर फोहोर व्यवस्थापनलाई प्राथामिकतामा राखेका छौं । सँगसँगै बिगत जस्तै यस पटक पनि कृषिलाई, स्वास्थ्यलाई, शिक्षालाई धेरै नै प्राथामिकरण गरेर बजेट विनियोग गरेका छौं । जसको डिटेल्स फाइनलाइज हुन बाँकी नै छ ।
केराबारीको सन्दर्भमा एक वर्षको कार्यकालभित्र यहाँको मुख्य समस्या पहिचान भयो कि भएन ?
समस्या त खासमा मोरङ जिल्ला भए पनि मोरङ जिल्लाको कर्णाली भनेर चिनिन्छ यो गाउँपालिकालाई । हाम्रो चाहि ६५ देखि ७० प्रतिशत पहाडी भुभाग रहेको छ । वर्षेनी ठूलो मात्रामा बाढी पहिरोको समस्याले धनधनको क्षति हुने गरेको छ । सँगसँगै अब सो्रत साधन पनि एकदम सिमित छ । तर हामीले गर्नुपर्ने कामको चुनौति पाहाडै भएर उभिएको छ । त्यसलाई चिर्दै अगाडि बढ्ने प्रयासमा हामी छौं । हामीले थोरै स्रोत साधनलाई उच्चतम प्रयोग गरेर मैले यसपाली देखि अनिवार्य रुपमा प्रत्येक शनिार जनश्रमदानको अधिकरण रुपमा प्रत्ये सदस्यता जनश्रमदानको संस्कृतिलाई संस्थागत गर्दै सुरु गरेका छौं । जुन संस्कृतिलाई निरन्तरता दिने छौं । थोरै लगानीमा धेरै प्रतिफल पाउनका लागि पालिकाको थोरै बजेटमा जनताको श्रमलाई मिसाएर अधिकतम फाइदा लिने पालिकाले रणनीति बनाएको छ । साथै केराबारीको भुगोलको हिसाबले भन्नुहुन्छ भने पहाडी भुभाग बढी भएको र वर्षेनी अविरल वर्षाबाट धेरै क्षति हुने कारणले गर्दा त्यो क्षति हुन नदिन प्रत्येक तटबन्धनका काम, सिंचाईका काम, कृषिका काम, सरसफाईका सन्दर्भमा जनतालाई जोडेर जनता र पालिका अन्तर्गत पालिका, जनतासँगै यहाँका धेरै सामाजिक संघसंस्थासँगका त्रिपक्षीय साझेदारी, सहकार्य, एकता र समन्वयमामा मेरो कार्यकालभरी अगाडि बढाउने गरी काम भईरहको छ ।
खानेपानीको समस्याबाट केराबारी पनि अछुतो छैन । यहाँका जनतालाई सहज, सरल, शुद्ध र नियमित खानेपानी आपुर्तिको व्यवस्थापन चाहि कसरी हुँदैछ ?
एकदमै, पहिलो वर्ष जनश्रमदानका काम हामीले खासै गर्न सकेनौं । कार्यकालको दोस्रो वर्षको सुरुबाटै केराबारीको सबैभन्दा ठूलो खानेपानी संस्था शुभ खानेपानी तथा सरसफाई समितिमार्फत सुरु भएको छ । यहि संस्थामा अन्य केराबारीमा भएका खानेपानीका संस्थाहरुलाई मर्जर गरेर ठूलो र क्षमतावान संस्था बनाउने सोचका साथ आग्रह, अनुरोधसहित पत्राचार गरेका छौं । निकट भविष्यमा ति संस्थाहरुलाई मर्जर गरेर केराबारीमा शुभ खानेपानीको नेतृत्वमा बृहत खानेपानीको संस्था बन्नेछ । जुन संस्था, केराबारी गाउँपालिका अनि जनताको त्रिपक्षीय साझेदारीमा खानेपानीको मुहानहरु पत्ता लगाउने र जनताको सहभागितामा खानेपानीको समस्या समाधान गर्नपट्टि लागेका छौं । सँगसँगै हामीले फिल्टरिङ, वर्षमा ८ देखि ९ महिना महिना त खोलामा सङ्लो पानी आउने भएकाले खासै पानीको समस्या नहुने र बाँकी ३ महिना चाहि खोलामा वर्षाका कारण बाढी आउने भएकाले त्यसलाई नियन्त्रण गर्न, त्यसलाई समाधान गर्नका लागि अब खोलाको पानीलाई कसरी फिल्टर गरेर प्रयोग गरेका छन् भनेर हामी पालिका, खानेपानी र नागरिक अगुवाहरुको अगुवाईमा अनुगमनमा जाँदैछौं । फिल्टर गर्ने प्रविधि हेरेर आइसकेपछि हाम्रो भुगोलमा त्यसलाई कत्तिको लागु त्यसतर्फ अगाडि बढ्ने योजना रहेको छ ।
केराबारीका युवाहरुका लागि बजेटले कतिको सम्बोधन ग¥र्यो त ?
एकदमै, स्वरोजगारका क्षेत्रबाट केराबारीमा ठूलै चुनौति छ । जुन समस्या केराबारीको मात्र नभएर देशै भरको समस्या पनि हो । रोजगारीका क्षेत्रबाट युवाहरु चरम असन्तुष्टिमा छन् । केराबारीभित्रका युवाका असन्तुष्टि सम्बोधनका निम्ति हामीले पनि केही कार्यक्रम गर्ने सोच बनाएका छौं । सँगसँगै सबैभन्दा ठूलो चुनौति भनेको हाम्रो ठाउँमा लागु औषध । दुव्र्यसनीहरु एकदमै चरम विन्दुमा पुगिसकेको छ ? लागु औषध विरुद्धका कार्यक्रम, सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौं तर त्यो पर्याप्त नभएको हामीले महसुस गरेका छौं । अब प्रभावकारी रुपमा ति कार्यक्रम सञ्चालन गर्नका लागि तुरुन्तै राष्ट्रिय कलाकार ल्याएर पनि सचेतनाका कार्यक्रम गर्ने छौं । दुव्र्यसनीमा लागेका युवाहरुलाई सहि बाटोमा डो¥याउन अरु प्रभावकारी कार्यक्रमको खाका कोरेका छौं । त्यो योजना अनुसार यहाँका दूव्र्यसनीमा लागेका युवाहरु सहि बाटोमा आउनेछन् ।
यस पालिकामा दूव्र्यसनीमा लागेका युवाहरुको पहिचान भएको छ कि छैन ? कति छन् त केराबारीमा लागु औषध दूव्र्यसनी ?
एकदमै, वास्तविक आँकडा नभए पनि मैले व्यक्तिगत रुपमा केही तथ्याङ्क संकलन गरेको छु । त्यसलाई हेर्दा केराबारीमा युवाहरुको जम्मा जनसंख्याको ३० देखि ४० प्रतिशत युवाहरु लागु पदार्थको लतमा कहिँ न कहिँबाट जोडिएको अवस्था छ ।
यो लागु औषध दूव्र्यसना लाग्नुको मुल जड चाहि के जस्तो लाग्यो ?
यसको मुल जड भनेकै बेरोजगारी हो । अर्को उहाँहरुका अग्रजहरु पनि यसको जिम्मेवार हुनुहुन्छ । उहाँहरुबाट नै कतिपय युवाहरु दूव्र्यसनीमा लागेको पाइएको छ । यसका यि मूल जरो नै काट्ने गरी सिंगो गाउँपालिका लागिसकेको छ र छिनै नै केराबारी दूव्र्यसनमुक्त हुनेछ ।
विद्यालयबाट पनि यस्ता लागु औषध दूव्र्यसनी बढेको अनुभूति हुँदैन ?
हजुर छ । कक्षा ८, ९ र १० मा अध्ययन गर्ने भाईबहिनीहरु पनि यस्तो लतमा लाग्दै गरेको अवस्थालाई चिर्न हामीले प्रत्येक स्कुलमा राष्ट्रिय कलाकार ल्याएर जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएका हौं । यस अघि पनि विद्यालयमा दूव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम गरेका छौं । केही विद्यार्थीलाई कारवाही पनि गरेका छौं । तिनका अभिभावकलाई समेत बोलाएर उहाँलाई सचेतना गराउँदै समन्वय र छलफल गरेका छौं ।
आर्थिक पहुँच नभएका केराबारीबासीका लागि अहिले बजेटले के ल्याएको छ ?
हामीले यस्ता परिवारका लागि विगतदेखि नै निरन्तरता दिएका छौं । अध्यक्षसँग ज्येष्ठ नागरिक भन्ने कार्यक्रम सञ्चालनमा छ । त्यो अन्तर्गत अस्पतालका कर्मचारी घरघर पुगेर ज्येष्ठ नागरिकलाई निःशुल्क चेकजाँच गरिरहेका थियौं तर अब चाहि चेकजाँचसँगै निःशुल्क औषधि पनि वितरण गर्ने व्यवस्था गरिएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिकले यो सुविधा पाउने भएका छन् । त्यस्तै उपाध्यक्षसँग सुत्केरी कार्यक्रमले सुत्केरी अवस्थामा स्वास्थ्य पहुँच पु¥याउन त्यो कार्यक्रम सञ्चालना छ । विकट ठाउँका ज्येष्ठ नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ । विपन्नका लागि निःशुल्क शिक्षाको व्यवस्था गरेका छौं । त्यस्तै समुदायको सहजताका लागि अब चाँडै एम्बेलेन्स समेत सञ्चालन आउने भएको छ ।
बजेटको तथ्याङ्गत वितरण केराबारीको कस्तो छ ?
आर्थिक क्षेत्रबाट देश नै संकटमा परेको बेलामा त्यति धेरै आशा त गरेका थिएनौं । विगतको वर्षमा पनि संकटग्रस्त अवस्थाबाटै गुज्रिनु प¥र्यो ? र यो वर्ष पनि निश्चित अनुदान भनेको सामान्यीकरणका अनुदान, राजश्वको अनुदान, प्रदेशको अनुदान, ससर्त अनुदानलगायत छन् तर सबै अनुदान काटिएका छन् । हामी जनप्रतिनिधि, जनताको काम गर्न भनेर आएपछि गर्न सकिँदैन, यो वा त्यो भन्ने छुट पनि हुँदैन । यसकारणले पनि जनतालाई आग्रह गरेको छु । हामीसँग थोरै स्रोत, साधन छ त्यसलाई अधिकतम प्रयोग गर्ने गरी कार्ययोजना अगाडि बढाएका छौं । त्यसका लागि श्रमदान महत्वपूर्ण कडी बन्छ भनेर केराबारीमा भएका विभिन्न संघसंस्थाहरुसँगको सहकार्य र जनताको सहभागितामा श्रमसंस्कृतिलाई घनिभुत रुपमा अगाडि बढाउँदै केराबारीबासीको हितमा अधिकतम काम गर्ने गरी अगाडि बढेका छौं ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो