टिभिआईको नयाँ नेतृत्वमा पुनः भट्टराई चयन

फाष्ट मिडिया नेपाल संवाददाता


विराटचोक (मोरङ) । मोरङसुनसरी सेवा समाजका सामाजिक अभियन्ताहरुको सक्रियतामा सञ्चालित ट्रेडभिजन इन्भेष्टमेन्ट (टिभीआई) को १६ औं साधारणसभाबाट पुनः विनोद भट्टराईको अध्यक्षतामा कुमार कार्की, योगेन्द्र बहादुर कार्की, तेज बहादुर कटुवाल, ललितबहादुर निरौला र दिपक गौतम सञ्चालक रहने गरी नयाँ टिम चयन गरेको छ । 

मोरङको विराटचोकमा प्रधान कार्यालय रहेको उक्त वित्तिय कम्पनीको वाग्लुङको अवलोकन भ्रमणका क्रममा बिहीबार (९ अक्टोबर २०२५) मा आयोजित १६ औं साधारणसभाले सन् २०२५ देखि २०२९ कार्याकालका लागि सो समिति चयन गरेको अध्यक्ष विनोद भट्टराईले जानकारी गराए । 

टिभिआईले मोरङसुनसरी सेवा समाजमा आवद्ध क्रियाशिल अभियन्ताहरुको उद्यमशिलता प्रवद्र्धनका लागि सन. २००९ मा स्थापित भएको सो वित्तिय कम्पनीले कृषि, रियल स्टेट, ट्राभल्स एण्ड टुर्स, बचत तथा ऋण र शेयर बजारमा कारोबार गर्दै आईरहेको अध्यक्ष भट्टराईले जानकारी दिए । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया