आजको पाठकको पुर्पुरो : वि.सं. २०८० ज्येष्ठ ६ गते (तद्अनुसार सन् २०२३ मे २० तारिख) शनिबार ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि

खगेन्द्र कार्की

मेष – आजको दिन राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । परिवारका सदस्यको स्वास्थ्यसम्बन्धी चिन्ता आइपर्न सक्छ । विशेष अवसर प्राप्त हुन सक्छ तर इर्ष्यालु पात्रविशेषले अवरोध गर्न सक्छ, सचेत रहनुहोस् । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने मौका जुर्न सक्छ ।

वृष – आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । मान–सम्मान प्राप्तिको योग छ । आफन्तजनमा केही असमझदारी देखापर्ला । खराब आचरण भएकाहरू नजिकिन सक्छन्, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ भने रसरागमा आकर्षण रहला ।

मिथुन – परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्ने समय छ, तथापि आर्थिक समस्या समाधान हुनेछ भने शत्रुहरूलाई परास्त गर्न सकिनेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त होला । खर्च बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सवारी साधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनुपर्नेछ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । तर, घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । स्वास्थ्यमा पनि केही समस्या आएको अनुभूति होला । सोचेको काम समयमा नबने योग भए पनि चिन्तित हुनुपर्ने छैन । कर्मबल र साहस बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने समय छ । पारिवारिक सुख शान्ति र पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन पराक्रम बढ्नेछ भने धनलाभ पनि हुन सक्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । रसरागमा आकर्षण बढ्ने छ । योजना र बजेट बनाइ काम गर्नु हितकर होला ।

वृश्चिक – पराक्रमका साथै सुख वृद्धि हुने समय छ । कार्यमा सफलता प्राप्त हुनेछ भने दाम्पत्य सुख बढ्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षामाथि भने लगाम लगाउनु हितकर होला । सुख सुविधाको बस्तुमा केही खर्च हुन सक्छ ।

धनु – आरोग्यता बढ्नेछ । स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । राजनीतिक पहुँच बढ्ने समय छ । रोकिएको काम बन्ने समय छ । मिठो भोजन खान पाउनु हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान–सम्मानमा चोट पुग्ने योग छ, सचेत रहनुहोला । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुने योग छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – पराक्रम वृद्धि हुनेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया