आजको पाठकको पुर्पुरो : वि.सं. २०७९ चैत्र ९ गते (सन् २०२३ मार्च २३ तारिख) बिहीबार

खगेन्द्र कार्की

मेष – आयआर्जनको दृष्टिले राम्रो दिन छ । धनलाभको योग छ । रमाइलो यात्राको पनि योग रहेको छ । आफन्तमिलनले सुख प्रदान गर्ला । आरोग्यता बढ्नेछ । विलासी काम बन्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन छ । आशा उत्साह थपिनेछ । आज टाढाको यात्रा हुने योग छ भने कामहरु सजिलैसँग बन्नेछन् । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । ब्यापारबाट सामान्य नाफा होला । नयाँ काम पाउने योग छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज स्वास्थ्यमा कमजोरी र अनावश्यक ब्यय हुने योग छ । धनमाल हराउनाले मनमा पिडा थपिन सक्छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । कतै लामो यात्रा गर्दै हुनुहुन्छ भने आज स्थगन गर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कर्कट – दिन त्यति शुभदायी नरहला । नियमित काममा अप्ठ्यारो पर्न सक्छ । लेनदेनमा सजग रहनुहोला । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

सिंह – आज ब्यस्तता बढ्नेछ । घरायसी काममै दिन जाने देखिन्छ । काम बन्नाले सुखको अनुभव पनि हुन्छ । कमाइ सोचेअनुरुप हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । साथै, जोखिम पनि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – दिन सामान्य रहने योग भए पनि नियमित कर्ममा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनावश्यक डर पैदा हुनुका साथै वादविवाद हुन सक्छ । कसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रूपमा समस्या देखिन सक्छ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – मनमा दुविधा रहन सक्ने दिन भए पनि सामाजिक काममा नाम रहने छ । नियमित कर्ममा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । तथापि, साहस वृद्धि हुनेछ । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । मित्रजनबाट विशेष सहयोग र सुख प्राप्त हुने दिन छ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखीदायी रहला । रोकिएको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – अप्रत्याशित लाभ हुने दिन छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । टाढाको यात्राको पनि योग रहेको छ । धन र आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्ला । रसराग तथा प्रेमसम्बन्धी क्रियाकलापमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आज व्यर्थको खर्च हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु उचित हुनेछ । परिवारमा पनि समस्या आउन सक्छ । विवाद बढने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने राम्रै रहनेछ । मीठो भोजन प्राप्त होला ।

मीन – आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइनेछ । आज धनलाभको योग पनि छ । दिन खुशीसाथ बित्नेछ । प्रयत्न गरेका काममा ढिलै भए पनि सफलता मिल्नेछ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया