पाठकको पुर्पुरो : वि.सं. २०८० पौष १३ गते (तद्अनुसार सन् २०२३ दिसेम्बर २९ तारिख) शुक्रबार

फामिने ज्योतिष

मेष – आजको दिन रमाइलोको साथ बित्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध रहला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । अधुरा कामहरु पुरा हुनेछन् । व्यस्तता बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । महत्वपूर्ण कार्यमा सफलता पाइएला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । व्यापारबाट राम्रो फाइदा होला । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । यात्रापरक काम बन्नेछ । शारीरिक र आर्थिक कार्यमा राम्रै सफलता मिल्नेछ ।

मिथुन – आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर होला । उपचारका लागि खर्च हुन सक्छ । सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला । मेहनतअनुसारको फल नपाइने योग छ । यसका बाबजुद आँट–पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – समय राम्रो छ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगर वृद्धि होला । आफन्तले सहयोग गर्नाले रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अनुकूलता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आर्थिक एवम समाजिक लाभ मिल्ने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । काममा जाँगर आउनुका साथै यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । घरपरिवारबाट सुख शान्ति मिल्ला । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । आयबल बढ्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

तुला – सोचेअनुरुप काम नहुने समय छ । कामकै पछि लाग्दा पनि परिणाम भने राम्रो हासिल गर्न नसकिएला । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । दिएको पैसा पनि फिर्ता नहुने योग छ । विलासी काममा आकर्षण बढ्नेछ । धनसम्पदा बढोत्तरी हुनेछ ।

वृश्चिक – नयाँ लुगा र मीठा परिकारको आनन्द पनि मिल्नेछ । तर, आजको समय अलमल गराउने खालको छ, काममा मन नजान सक्छ । सोचेअनुसार काम बन्न कठिन छ । परिवारबाट सुख मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ ।

धनु – पारिवारिक सुख मिल्ने समय छ । आर्थिक कार्य फलदायी हुनुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा होला । दौडधुप बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धर्मिक कार्यमा संलग्न हुने समय छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने योग छ । पैतृक सम्पतिबाट लाभ हुनेछ । दाम्पत्य सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – समय खासै राम्रो छैन, होस राखेर व्यवहार गर्नुहोला । शरीरिक तथा मानसिक आलस्यता बढ्ने योग छ, हौसला राखेर कर्म गर्नुहोला । अनावश्यक डर, वादविवाद हुन सक्नाले गरेका कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि त्यति साथ नदिन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – अनुकूलता बढेर रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुने अवसर जुर्ला । काममा बाधा दिनेले खासै प्रगति हुनचाहिँ दिँदैनन्, तथापि खास हानी भने पु¥याउन सक्ने छैनन् । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने योग छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया