पाठकको पुर्पुरो : वि.सं. २०८० माघ १४ गते इ.सं. २०२४ जनवरी २८ तारिख आइतबार । ॐ सुर्य देवाय नमः ।। सबै जातकलाई आजको दिन शुभ रहोस् ।

फामिने ज्योतिष

मेष – विछोडिएका परिवारजनसँग भेटघाट हुने र विगतका कमी-कमजोरीलाई पनि सुधार गर्ने अवसर जुर्ला । कुनै कार्यको परिणाम कुरिरहनुभएको छ भने आज सकारात्मक नतिजा आउने योग छ । तथापि, हठ गर्ने बानीले दुःख पाइनेछ भने जागिरमा भएकाले विशेष सावधानी अपनाउनुपर्ने समय छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्य सफल हुनेछ ।

वृष – व्यस्तता वृद्धि हुनेछ । केही खर्च लागे पनि सोचेको काम बन्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ भने व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन, सहयोगीजनले राम्रै साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मान महत्व वृद्धि हुनुका साथै परिवारिक सुख बढ्नेछ ।

मिथुन – दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तपाईंको मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ । तथापि, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले विशेष सावधानीका साथ कार्य गर्नुहोला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिएपनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यशवर्चश्व वृद्धि हुनेछ भने मान–महत्व बढ्नेछ ।

कर्कट – सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आजको दिन आश्वासन बाँड्नेहरूको भर नपर्नु हितकर होला । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउला । आफ्नै बल–विवेकको उपयोगले काम बन्न सक्छ ।

सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । समयलाई पछ्याउने विशेष प्रयत्न गर्नुहोला । भौतिक साधनले भने धोका दिन सक्ने योग छ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ भने सुख वृद्धि हुनेछ ।

कन्या – परिस्थिति अलिक प्रतिकूल जस्तो लागे पनि सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ भने रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । बिछोडिएका आफन्तसँग भेटघाट होला । भ्रमण कार्यमा खर्च बढ्न सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । टाढाको यात्रा गर्ने मौका जुर्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । तथापि, परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ । दैनिक कामकाजमा सफलता नै मिल्ला । आयबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । आजको दिन सवारीसाधनको प्रयोगमा भने विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । सामान्य खर्च वृद्धि हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अन्ततः समयले साथ दिनेछ ।

धनु – सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्ने योग रहेकोले विशेष सचेतनाको दरकार छ । प्रतिस्पर्धी परास्त होलान् । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहला ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठनमा पनि प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्न सक्छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दौडधुप वृद्धि हुन सक्छ, तर रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार पुऱ्याउनु हितकर हुनेछ । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै महत्वाकांक्षी योजना फलीभूत हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य पनि सामान्उरूपले कमजोर नै रहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । तथापि, काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदा नै हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । भ्रमण कार्यमा आकर्षण बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया