पाठकको पुर्पुरो : वि.सं. २०८० चैत १४ गते (तद्अनुसार सन् २०२४ मार्च २७ तारीख) बुधबार– समस्त जातकका लागि आजको दिन शुभ रहोस्

फामिने ज्योतिष

मेष – नयाँ कामको योजना अघि बढाउनु छ भने समय शुभदायी छ काममा जाँगर लाग्नाले धनलाभ हुने देखिन्छ । तर, पारिवारिक कार्यमा खर्च बढ्ने योग छ, ध्यान राख्नुहोला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । नयाँ कामको योजना बनाउँदा फाइदा नै होला । गरिआएको ब्यवसायबाट पनि लाभ नै मिल्ने देखिन्छ । साझेदारीको काम बन्नेछ ।

वृष – ब्यस्ता बढ्ला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना रहेकोले विशेष सतर्क रहनु हितकर होला । चोटपटकको सम्भावनाप्रति पनि ध्यान राख्नुहोस् । निकटजनसँग हल्का मनमुटाव हुनसक्छ, बोली र व्यवहारलाई नियन्त्रण गरेकै राम्रो होला । शत्रुसित लड्ने सामर्थ्य भने वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कसैबाट प्रशंसा र आदर पाउने दिन भएपनि जागिरमा भने खासै मन नजाला । सामाजिक बर्चस्व बढाउन सकिने योग छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।

कर्कट – व्यस्तता बढेपनि सोचेका काम पुरा भइ सुखको अनुभव हुने समय छ । दाम्पत्य जीवन सुखद रहला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रुपैयापैसाको कारोबार गर्नुछ भने आजको दिन राम्रै होला । आरोग्यता रहनेछ । कर्मबल हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ । परिवारमा सामान्य विवाद पर्ने देखिएपनि आज नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । कतै भोजभतेरमा सहभागी बन्नुपर्ने देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । रचनात्मक काममा ज्यादा सफलता मिल्नेछ ।

कन्या – अल्छीपनले सताउन सक्ने समय छ । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । सवल स्वास्थ्यका लागि आजको दिन खानपानमा विशेष सावधान रहनु हितकर हुनेछ । बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । विवेक पुऱ्याएर व्यवहार गर्नुहोला । प्रतिकुलतामा साथीभाइको सहयोग भने प्राप्त गर्नुहुनेछ ।

तुला – आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ सोचेको योजना सकारात्मक ढंगले अघि बढ्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिने समय छ । शुभचिन्तकको साथ-समर्थन मिल्नेछ । आरोग्यपन वृद्धि एवम् यशवर्चश्व बढ्ने देखिन्छ ।

वृश्चिक – दिन शुभदायी छ । आज चिताएको काममा सफलता मिल्नुका साथै धनलाभ पनि हुने योग छ । नचिताएको पात्रबाट समर्थन मिल्न सक्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । सुखानुभूतिमै दिन बित्नेछ ।

धनु – समाजिक सम्मान मिल्ने समय भएपनि स्वास्थ्यगत दृष्टिमा केही प्रतिकुल हुने देखिन्छ । रमाइलो यात्राको सम्भावना छ । नसोचेको ढंगले धन आर्जन हुने योग छ । समष्टिमा मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । रसरागात्मक भाव वृद्धि होला ।

मकर – आजको दिन कार्यमा केही चुनौती खडा हुन सक्छ । आर्थिक पक्ष पनि खासै राम्रो देखिँदैन । निरर्थक क्षेत्रमा धन खर्च हुनसक्ने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । स्वास्थ्य पनि त्यति सवल नरहन सक्छ । भौतिक सरसामनको क्षति हुने समय छ । आर्थिक अभाव देखापर्न सक्छ ।

कुम्भ – मिश्रित फलदायी दिन छ । दोडधुप बढ्ला । दिनको पहिलो चरण सुखदायी रहेपनि साँझसम्म पुग्दा जाँगर हराएको अनुभूति होला । तथापि, आजको दिन बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने योग छ । परिवारजनको सहयोग पनि प्राप्त हुनेछ । आफन्त भेटघाटले मन प्रफुल्ल हुनेछ । अन्य कुरा सामान्य रहला ।

मीन – समय शुभदायी छ । नचिताएको टाउबाट आम्दानी होला । आयस्रोतका अनेक बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसाय पनि उत्साहजनक रूपले वृद्धि हुने देखिन्छ । रमाइलो तथा उपलब्धिमूलक यात्राको योग छ । सकारात्मक सोचको विकास हुनेछ । आनन्द बढ्ला ।

फामिने ज्योतिष
प्रतिक्रिया