फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ । उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरका साथ विजयी भएका छन् ।
डा. वाग्लेलाई ३४ हजार ९ सय १८ मत हासिल भएको छ भने नेपाली काङ्ग्रेसका गोविन्द भट्टराई २० हजार १ सय २२ मत प्राप्त गरी दोस्रो स्थानमा दोस्रो स्थानमा रहे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । वाग्लेको यो मत बढाउन नेकपा एमालेका कार्यकर्ताले पनि सघाएको राजनीतिक विश्लेषकको आँकलन रहेको छ । त्यसो त कांग्रेसलाई जिताउन खटिएका कांग्रेस महामन्त्री गगन कुमार थापाले पनि बाहिरीरुपमा कांग्रेसलाई भोट मागे पनि भित्री रुपमा युवा नेता वाग्लेलाई सघाएको आरोप पनि लागेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो