रामधुनी वन मन्दिर परिसरमा विवाह पञ्चमी

फाष्ट मिडिया नेपाल संवाददाता

श्री रामचन्द भगवान र सिताको पुजा आराधनासहित सुनसरीको रामधुनी मन्दिरमा विवाह पञ्चमी मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइयो । सोही क्रममा विगतको भन्दा राम्रै भक्तजनको उपस्थितिमा रामधुनी वन मन्दिरमा पनि विवाह पञ्चमी मनाइएको छ । 

विवाह पञ्चमी मनाउनका निम्ति रामधुनी वनभित्र रहेको मन्दिर परिसरमा राम र सिताको छुट्टै मन्दिर स्थापना गरिएको रामधुनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष कमल कार्की बताउँछन् । विवाह पञ्चमीलाई भनेजस्तो भव्य बनाउन नसकेपनि विगतका दिनहरु भन्दा भक्तजन आउने क्रम बढ्दै गएको र आफू पनि बिहानैदेखि यसै मन्दिर परिसरभित्र बसेर नियालीरहेको उनको कथन छ । भर्खरै बालाचतर्दुदशी मेला सकिएको कारणले पनि विवाहपञ्चमीमा भक्तजनको गौरवशाली उपस्थिति नभएको उनले बताए । श्रीराम र सिताको धार्मिक ऐतिासिकताका सन्दर्भमा उनले रामले यस स्थानमा आएर बनबासका क्रममा धुनी बालेर बसेको तर तयो धुनी अहिलेसम्म निभ्न नदिइएको कुरा पनि स्पष्ट पारे । 

राम भगवानले जनकपुरमा आफ्नो धनुषवाणलाई भाँचेर विवाह गर्नुभएको दिनको सम्झना गर्दै रामधुनीमा श्रीराम भगवानले नै बालेको आगो धेरै ऋषिमुनीहरुले तपस्या गरेर आजसम्म उक्त आगो नै निभ्न नदिइएको ठाउँमा श्रीराम र सिताको पुजाआजाका साथ विवाह पञ्चमी मनाइएको रामधुनी मन्दिर व्यवस्थान समितिका अध्यक्ष डिल्ली कार्कीले बताए ।

त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी यो पर्व मनाउने गरिन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन र सोही अनुरुप श्रीराम र सिताको सम्झना देशभर गरिन्छ । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको र शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह पञ्चमी मनाउने गरेको धार्मिक गुरुहरु बताउँछन् ।

पछिल्लो समयमा रामधुनी मन्दिर क्षेत्रको विकासमा महत्वपूर्ण कामहरु भए पनि आधारभुत विषय भनेको बाटो नै भएको र यतिखेर रामधुनी नगरपालिका कटेर गएपछिको बाटो भने अत्यन्तै जिर्ण देखिएको र एक पटक हिंडेका भक्तजन बाटोको कारणले दोहो¥याएर हिंड्न नसक्ने भएकोले फराकिलो बाटोसहित उक्त मार्गबाट आवतजावत सहज बनाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया