शरिरको कुन अंग फर्फरायो भने के फल मिल्छ ? विश्वास त नहोला तर पर्नेहरुले विश्वास गरेको आधार

फामिने ज्योतिष

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ । समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । थाहा पाउनुहोस कुन अंग फरफराउँदा के को संकेत गर्छ ?

१) निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ ।

२) दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा चाहेका सबै इच्छा पूर्ण हुन्छ । बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

३) दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

४) ओठ फर्फराउँदा मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना हुन्छ ।

५) चिउँडो फर्फराउँदा स्त्रीसुख मिल्छ र साथमा धनलाभ हुने सक्ने सम्भावना हुन्छ ।

६) दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

७) ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

८) छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

९) हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

१०) दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

११) समुद्र शास्त्रका अनुसार, जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख र साथमा धनलाभ पनि हुन्छ ।

१२) टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ । निधार फर्फराउँदा भौतिक सुख भोग, कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ ।

अहिलेको समयमा यी कुराहरुको धेरै मानिसले विश्वास गर्दैनन् । तर, यी सबै कुरा झुटो हो भनेर नर्कानु हुदैन ।

फामिने ज्योतिष
प्रतिक्रिया