पाठकको पुर्पुरो : वि.सं. २०८१ भाद्र २७ गते (तद्अनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख) बिहीबार

फामिने ज्योतिष

मेष – अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । नियमित काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिने योग रहेकोले सजग रही व्यवहार गर्नुहोला । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन् । व्यापार तथा उद्योगतर्फ फाइदा ने हुने देखिन्छ । मिठो भोजन प्राप्त होला ।

वृष – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न अवसर जुर्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । यात्रागत कार्य सार्थक रहनेछ । परिवारिक साथले सुख वृद्धि होला ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पर्ला । रोकिएका काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्तिको योग छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । साझेदारीको काम बन्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । जिम्मेवारी बढ्ने तर बाध्यतापूर्ण काममै समय बित्ने सम्भावना छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग भएकोले व्यवहारमा निकै सजगताको खाँचो पर्ला । । लेनदेनमा विवाद आउने देखिन्छ, आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । रसरागमा आकर्षण रहनेछ ।

सिंह – महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । केही मात्रामा खर्च बढ्न सक्छ । व्यवसायिक कार्यमा लगानी बढाउनुपर्ला । मातापिताको सहयोग र आशीर्वाद प्राप्त हुनेछ । कृषि-चौपायाबाट विशेष लाभ मिल्ने योग छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखको समय छ ।

कन्या – ब्यस्तता वृद्धि भएपनि कामका सुखद परिणामले सन्तोष दिलाउनेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र, विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ने देखिन्छ । पराक्रम र आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिलेपनि परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ने देखिन्छ । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नसक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – स्वास्थ्य केही कमजोर रहेको अनुभूतिका बाबजुद परिश्रम धेरै गर्नुपर्ला, तापनि काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । मिठो भोजन मिल्नेछ । समस्याको समाधान प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आजको दिन विशेष कार्यमा योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु – आजको दिन सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना छ, सजग रहनुहोला । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । आँट वृद्धि हुनेछ, तर जोखिममा नपर्नु बेस रहनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तथापि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । मिठो भोजन प्राप्त होला ।

कुम्भ – समय उत्साहवर्द्धक रहला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । कामको सिलसिलामा स्थानान्तरण वा टाढाको यात्राको सम्भावना छ । पितृधनबाट लाभ हुने योग छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – कर्मबल वृद्धिका साथै सामाजिक कामको दायित्व बढ्ने दिन छ । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने समय छ । पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने योग छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

फामिने ज्योतिष
प्रतिक्रिया